MENU

साहित्य/ कला

Ncell Axiata
NIC Asia

​यस वर्षको लेखनाथ साहित्य पुरस्कार गुरुङलाई

कास्की, पुस १५ –यस वर्षको लेखनाथ साहित्य पुरस्कारबाट संस्कृतिकर्मी एवं साहित्यकार डाक्टर जगमान गुरुङ सम्मानित हुनुभएको छ । 

कविशिरोमणि लेखनाथ पौड्यालको १३४ औँ जन्मजयन्तीको त्रिदिवसीय कार्यक्रम अन्तर्गत बिहीबार उहाँको जन्मस्थल लेखनाथको अर्घाैँ अर्चलेमा भएको समारोहमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले ५० हजार रुपैयाँ राशिको लेखनाथ साहित्य पुरस्कारबाट डाक्टर गुरुङलाई सम्मान गर्नुभएको हो । 

कविशिरोमणि लेखनाथ पौड्यालकी कान्छी छोरी कुन्तीदेवी भट्टराईको परिवारबाट पुरस्कार स्थापना गरिएको हो । नेपाली संस्कृति र साहित्यको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएबापत डा. गुरुङलाई यो पुरस्कारबाट सम्मान गरिएको प्रतिष्ठानका अध्यक्ष पदमराज ढकालले बताउनुभयो । 

कास्कीको मादी गाउँपालिकाको याङजाकोटमा जन्मेका गुरुङका छ वटा सांस्कृतिक तथा अनुसन्धनात्मक कृति प्रकाशित छन् ।

लेखनाथ साहित्य पुरस्कारबाट यसअघि नेपाली शिक्षा परिषद्, प्राध्यापक डाक्टर वासुदेव त्रिपाठी, मदनमणि दीक्षित, धर्मराज थापा, डाक्टर मोदनाथ प्रश्रित, मुकुन्दशरण उपाध्याय र प्राध्यापक बालकृष्ण पोखरेल सम्मानित भइसक्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ‘न्यूरोड ग्याङ’ द्वारा नयनराजको ‘यार’ विमोचन

    काठमाडौं, पुस २९ –साहित्यकार नयनराज पाण्डे संस्मरणात्मक पुस्तक ‘यार’ लिएर पाठकमाझ आएका छन् ।

  • स्रष्टा सम्मानित

    भक्तपुर, पुस २४ – भक्तपुर साहित्यिक समाजको १९ औँ स्थापना दिवसको अवसरमा तीन जना स्रष्टालाई सम्मान गरेको छ ।

  • हैसियत (कथा)

    एकछिन उ घोरियो - कुनै भाउँतो आइलाग्ला भनेर पो हो कि हाकिमसाबले मोबाइल नउठाएको, ल्यान्डलाइन फोनमा म्याडमलाई बोल्न लगाएको ! कि बुढाले वर्ग विभाजनको रेखा ख्याल गर्न थाले !

  • अग्लो बौद्धिक उचाइ

    चिउँडा वरिपरि झुस्स दारी राखी छाड्ने, प्रायः काँधमा सानो ब्याग बोक्ने, हँसिलो अनुहारका टङ्क न्यौपाने...

  • ध्रुवचन्द्र गौतमको ‘एक आनाको जमाना’ सार्वजनिक

    काठमाडौं, पुस १७ –साहित्यकार ध्रुवचन्द्र गौतमद्वारा लिखित ‘एक आनाको जमाना’ अनुभवन्यास(पुस्तक) विमोचन भएको छ ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया