MENU

समाज

Ncell Axiata

​तार जोड्न गएका युवकको बिजुलीको पोलमै ज्यान गयो

अर्जुन श्रेष्ठ/उज्यालो । 

धादिङ, पुष १५ –धादिङमा करेन्ट लागेर एक युवकको ज्यान गएको छ । तार जोड्दै गर्दा माथि अर्काे तारमा तार जुधेपछि करेन्ट लागेर बझाङ जिल्ला विछदं गाउँपालिकाका जयराम अगस्तीको ज्यान गएको  हो । 

शनिबार दिउसो धादिङको ज्वालामूखी गाउँपालिका –४, पुर्सुकमा पोलमा चढेर मेन लाइनबाट शाखा लाइनमा तार जोड्ने क्रममा करेन्ट लागेर २३ वर्षीय अगस्तीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । आचास चौधरीले लिएको ठेक्कामा काम गर्दै आएको अगस्तीको घटनास्थल मै मृत्यु भएको हो । 

गाउँमा शाखा लाइन जोड्न पोल गाड्ने र तार टाँङ्ने काम भैरहेको थियो । हामी पोल खन्न अगाडि गएका थियौ । तार जोड्दा हल्लिएर अर्काे तारमा छुन पुगेछ । स्थानीय हरि तिमल्सेनाले भन्नुभयो, ‘हामी आउदा उहाँको ज्यान गइसकेको रहेछ ।’ 

अहिले प्रहरी टोली र ठेकेदार घटनास्थल पुगेर घटनाको छानविन भैरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक धु्रवराज राउतले बताउनुभयो । रात परेको र शवलाइ पोलबाट निकाल्न समस्या भएका कारण भोलि मात्र पोष्टमार्टमका लागि जिल्ला अस्पताल धादिङबेशी ल्याइने समेत उहाँले बताउनुभयो ।  

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया