MENU

समाज

ujyaalo forign call inside

​एक महिनादेखि बेपत्ता विराटनगर हुलाकका लेखापालको शव भारतमा फेला

सुमन तिमल्सिना/उज्यालो ।

मोरङ, पुस १५ –एक महिना अघिदेखि बेपत्ता भएका क्षेत्रीय हुलाक कार्यालय विराटनगरमा लेखापाल कुलबहादुर थापाको शव भारतको सुपौल जिल्लामा भेटिएको  छ ।

विराटनगर –१, पोखरीया निवासी ५० वर्षीय लेखापाल थापा गएको मंसिर ९ गतेदेखि बेपत्ता भएका थिए । सुपौल जिल्लाको रतनपुरा थानामा पोष्टमार्टम गरी प्रहरी कम्पाउण्ड भित्र पुरेको अवस्थामा शव फेला परेको छोरी प्रतिभाले जानकारी दिनुभयो । 

रतनपुर थानावाट झण्डै १० किलो मिटिर दक्षिणमा पर्ने सप्तकोशी नदी किनारमा बेवारिसे अवस्थामा लेखापाल थापाको शव डुङ्गा चलाउने माझीले फेला पारेका थिए । सव फेला पारेपछि रतनपुरा प्रहरीलाई माझीहरुले खवर गरेका थिए ।

भारतीय प्रहरीले बेवारिसे अवस्थामा रहेको लेखापाल थापाको शव पोष्टमार्टम गरी रतनपुरा प्रहरी थाना भित्र कम्पाउण्डमा पुरेको थियो । आफन्तहरु खोज्दै गर्ने क्रममा भारदह प्रहरीले रतनपुरामा बेवारिसे शव भेटिएको वताएपछि परिवारसहित शुक्रबार रतनपुर प्रहरी थाना पुगेका थिए ।

प्रहरीले शवका विषयमा दिएको जानकारी सही भएपछि सव उत्खखन गर्दा लेखापाल थापाको रहेको थियो । लोखापाल थापाको श्रीमती र दुई छोरी रहेका छन । 

लेखापाल थापाको मृत्यु भने रहस्यमय बनेको छ । विराटनगरबाट हुलाक कार्यालय उदयपुर काजमा निस्किएको समयमा लेखापाल थापा हराएका थिए ।

यता मोरङ प्रहरीले भने लेखापाल थापाको शव फेला परेको विषयमा थाहा नभएको बताएको छ । मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुण बिसीले आफन्त र भारतीय प्रहरीले समेत जानकारी नगराएको वताउनुभयो ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया