समाज
देउतालाई खुशी पार्न मन्दिर चढाइएका देउकीका दुःख कसले देख्छ ?
- Saturday, Dec 30, 2017
- 19:04 PM ( 4 months ago )
- Total Views: 9.2 K
इन्द्रसरा खड्का/उज्यालो ।
बैतडी, पुस १५ - झट्ट हेर्दा बिहे गरेजस्तै देखिन्छिन् । पोते चुरा सबै गरगहना लगाएकी छिन् । तर उनको बिहे भएको छैन । बिहे गरेर घरजम भएजस्तै देखिने बैतडीको सुर्नया गाउँपालिका भौनेलीकी जानकी धामी देउकी हुन् । उनको उमेर ३० वर्ष भयो । १२ वर्षको उमेरमा उनका आमाबुवाले देवतालाई खुशी पार्न भन्दै मन्दिरमा चढाउन जानकीलाई दिए ।
सानै भएकाले उनले केही कुरा थाहा पाइनन् । गाउँका मान्छेले उनलाई गाउँ नजिकै रहेको भौनेली मन्दिरमा देउकीको रुपमा चढाए । ३० वर्षको उमेरमा अहिले उनी मन्दिरको रेखदेख गरेर बसेकी छिन् । भाकल अनुसार उनलाई मन्दिरमा चढाएपछि उनले विवाह गर्न पाइनन् ।
बैतडी जिल्लामा कुप्रथाको रुपमा रहेको देउकी प्रथा पछिल्लो समय हट्दै गए पनि जानकी जस्ता देउकीहरु अहिले पनि रुँदै जिन्दगी बिताइरहेका छन् । देउतालाई खुशी पार्न ५ बवर्ष भन्दा माथि महिनावारी नभएकी कन्यालाई मन्दिरमा चढाउने चलन बैतडीलगायत, डडेल्धुरा, दार्चुला डोटीमा रहेको छ ।
पछिल्लो समयमा बिस्तारै हट्दै गए पनि पहिले नै मन्दिरमा चढाइएका जानकीजस्तै अन्य देउकीहरु अहिले समस्यामा छन् । मन्दिरमा चढाएका देउकीहरुसँग कसैले बिहे गर्दैनन् । उनीहरुसँग बिहे गरे देउता रिसाउँछन, अनिष्ट हुन्छ भन्ने अन्धविश्वास रहेको छ ।
विवाह नभए पनि देउकीहरु यौन शोषणमा पर्ने गरेका छन् । मन्दिरको पुजारी गाउँकै ठूलाबडाले मन्दिरमा चढाइएका देउकीमाथि यौन शोषण गर्ने गरेको समाचारहरु सार्वजनिक हुने गरेको छ । मन्दिरको नाममा महिलामाथि यसरी हिंसा भइरहँदा पनि पीडितहरु बोल्न सक्दैनन् । घरपरिवारबाट किनेर मन्दिरमा चढाइसकेपछि उनीहरुलाई आर्थिक समस्या हुँदा आफैँलाई बेच्न बाध्य हुन्छन् भने कतिपय देउकीलाई जबरजस्ती यौनशोषण गर्ने गरेका छन् । देउकीसँग बिहे कसैले नगरे पनि उनीहरुबाट ५, ६ वटासम्म सन्तान जन्मिएको पाइन्छ ।
तर जानकी धामी देउकीका भने सन्तान छैनन् । उनी माइतीघरमा बस्दै आएकी छिन् । पुजापाठ मेला लागेपछि मन्दिरको काममा व्यस्त रहने जानकी अघिपछि माइतिघरमा भाइ, बुहारी, भाउजुलाई काममा सहयोग गर्छिन् । मन्दिरमा चढाएका आमा बुवा मरेर गएपछि आफूलाई समस्या भएको उनले बताइन् । आफूसँगैका दिदीबहीनीले घर–माइत गरेको देख्दा उनलाई पनि निकै रहर लाग्छ । तर देउकीसँग कसैले बिहे गर्दैनन् । ‘३० वर्षको कलिलो उमेरमा मन्दिरको सरसफाइ गरेर दिन बिताउँदा कम्ति दुःख लाग्दैन् ।
मरौँ भने पनि समाजले अनेक कुरा काट्न थाल्छ । बाचौँ भने पनि कसरी बाँच्नु आमा बुवा भए पनि घरमा बस्न सजिलै हुन्थ्यो ।’ जानकीले रुँदै भनिन्, ‘लाउँखाउँ भन्ने उमेरमा मन्दिरमा गएर बस्न बाध्य भएको छु । बा आमा मरेर गए मलाइ यता न उताको बनाए ।’
‘आफूसँगैका साथीहरुका ठूला–ठूला छोराछोरी भएको देख्दा मलाई पनि रहर लाग्छ अहिले दाइभाइसँग बसेकी छु । जतिसम्म काम गर्न सक्छु, दाइभाइले पनि साथ दिन्छन् होला । त्यसपछि त्यही भगवतीको शरणमा जानु पर्ला’ उनले भनिन् । देउकी भएकै कारण समाजमा भोग्नुपरेको समस्या भनेर पनि साध्य नहुने उनको भनाइ छ । उनलाई देउकी भनेर कुरा गर्दा दुःख लाग्छ । आफूले पाएको दुःखलाई सम्झँदै उनी भन्छिन् ‘यस्तो दुःख अरु कोही नारीले भोग्न नपरोस भन्छिन् । देवताको नाममा छोरीलाई मन्दिरमा चढाउने चलन नराम्रो रहेको उनी बताउँछिन् ।
मन्दिरमा बस्दाबस्दा दिक्क भएकी जानकी कुनै सीपमूलक तालिम पाउन पाए आफ्नो हातमुख जोर्न सजिलो हुने आशा गर्छिन् । जिल्लामा काम गर्ने थुप्रै संघसस्थाले गाउँका धेरैजसो महिलालाई सीपमूलक तालिम दिएको भए पनि आफूलाई कसैले सहयोग नगरेको दुःखेसो पोखिन् ।
बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर २ चैसिर गाउँकी सेतु नायक ६० वर्षकी भइन् । उनी पनि देउकी हुन् । उनी मन्दिरमा काम गरेर नै दिन बिताउँछिन् । बैतडीको प्रसिद्ध निंगलासैनी मन्दिरमा पूजापाठ, मेला लागेपछि सबैभन्दा पहिले उनी नै पुग्छिन् ।
मन्दिरको सरसफाइ गर्न, मन्दिरमा आएका दर्शनार्थी, श्रदालु भक्तजनलाई फूल दिएर आशीर्वाद दिने काम उनको हो । जिल्लामा रहेका अरु देउकीहरुबाट सन्तान जन्मेका भए पनि सेतुबाट भने सन्तान छैन । उनी आफू १२ वर्षको हुँदा बुवाले मन्दिरमा चढाउनको लागि आफूलाइ बेचेको बताइन् । सेतुकी अर्की बहिनी पनि देउकी छिन् । आफूलाई ३ सय र बहिनीलाई २ सय रुपैयाँमा बेचेर मन्दिरमा चढाएको उनले बताइन् ।
६० वर्षको उमेरमा पनि मेलामा पूजाआजा सुरु भए, मेला लागे सबैभन्दा पहिले आफुनै मन्दिरमा पुग्ने गरेको उनले बताइन् । मन्दिरमा सरसफाइ गर्ने, लिपपोत गर्ने घण्ट बजाउने काम अहिलेसम्म गर्दै आएको उनले बताइन् । गरिब भएकै कारण आफू मन्दिरमा देवी भएकाले यो प्रथा गलत भएको उनको भनाइ छ ।
पछिल्लो समयमा देउकीप्रथा लोप हुँदै गए पनि भित्रभित्रै अझै पनि यो प्रथा कायमै भएको बताइन्छ । देउतालाई खुशी पार्ने नाममा अहिले पनि समाजका ठूलाबडा र शिक्षित भनाउँदाहरुले नै देउकी चढाउने गर्दछन् । एक वर्षअघि मात्रै देवकी बिष्टले बनाएको वृत्तचित्र ‘इन सर्च अफ देवकी’ मा पनि देउकीका दुःख देखाइएको छ । देउतालाई खुशी पार्न चढाइएका देउकीका दुःख भने कसैले नदेखेको उनीहरुको दुखेसो छ ।
सम्बन्धित सामग्रीहरु
-
ढाकाबाट आएका बस धुलिखेल पुगे
काठमाडौं, वैशाख १३ – झण्डै १२ सय किलोमिटर दूरी पार गर्दै बंगलादेशबाट दुई वटा यात्रुवाहक बस बिहीबार काठमाडौं हुँदै धुलिखेल पुगेका छन् ।
-
पर्वतमा बस दुर्घटना : २१ जना घाइते
पर्वत, वैशाख १३ – मोदी गाउँपालिका–५, बाउसेमा बिहीबार साँझ बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।
-
नेपाल इञ्जिनियरिङ कलेजमा करोडौं अनियमितता : नेविसंघद्वारा आन्दोलनको घोषणा
काठमाडौं, वैशाख १३ – भक्तपुरको चाँगुनारायणमा रहेको नेपाल इञ्जिनियरिङ कलेजमा विवाद देखिएको छ ।
-
दिनभर खेतमा मुसा खोज्दै बस्ने बालबालिकालाई सुन्तलीले गरिन् विद्यालय भर्ना
महोत्तरी, वैशाख १३ – दिनभर नै अरुको खेतमा भौतारिँदै मुसाको खोजी कार्य गर्ने तथा अरुको खेतमा गएर मजदुरी गर्ने एक सय भन्दा बढी बालबालिकाहरु बिहीबार सामुदायिक विद्यालयमा भर्ना भएका छन् ।
-
‘पाइलटलाई अनुशासनमा राख्नुस्, मुड चल्दा उडाउने, चलेन नउडाउने, यस्तो पनि हुन्छ ?’
काठमाडौं, वैशाख १३ – गएको चैत १६ गते १ सय दिनमा १८ वटा क्षेत्रमा १ सय १० वटा काम पूरा गर्ने कार्ययोजना सार्वजनिक गरेका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले बिहीबार प्रगति विवरण सार्वजनिक गर्नुभएको छ ।
-
गेल फर्किए, युवराजलाई आराम
वैशाख १३ – आईपीएलमा सनराईजर्स हैदराबादविरुद्धको आजको खेलमा किंग्स इलाभेन पन्जाबले टस जितेर बलिङ रोजेको छ ।
- ढाकाबाट आएका बस धुलिखेल पुगे
- गहभरी आँसु बनाउँदै गुरु कुमारले चेली कृपालाई बिदाई गरे
- पर्वतमा बस दुर्घटना : २१ जना घाइते
- नेपाल इञ्जिनियरिङ कलेजमा करोडौं अनियमितता : नेविसंघद्वारा आन्दोलनको घोषणा
- डेथ ओभरमा धेरै रन दिनु बलरहरुको अपराध : कोहली
- दिनभर खेतमा मुसा खोज्दै बस्ने बालबालिकालाई सुन्तलीले गरिन् विद्यालय भर्ना
- आईसीसीको सदस्य रहेका देशबीच हुने सबै टी–२० खेलले अन्तर्राष्ट्रिय मान्यता पाउने
- विश्वकप क्रिकेटको खेलतालिका सार्वजनिक, भारत र पाकिस्तानको खेल जुन १६ मा
- माइभ्याली गोल्डकप : पुलिसलाई हराउँदै थ्रीस्टार सेमिफाइनलमा
प्रतिक्रिया दिनुहोस