MENU

समाज

ujyaalo forign call inside

प्यूठानमा बसको ठक्करबाट दुई जनाको मृत्यु

प्यूठान, पुस १५ –प्यूठानको ऐरावती गाउँपालिकामा बसको ठक्करबाट दुई जनाको ज्यान गएको छ ।

चेरनेटा–बरौला सडक खण्ड अन्तर्गत ऐरावतीमा लु १ ख ४१३८ नम्बरको बसले लु ३६ प ३३२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा स्वर्गद्धारी नगरपालिका ३ का डिल्ली ठकुरी र ६ वर्षीय बालक अनमोल ठकुरीको ज्यान गएको प्रहरीले जनाएको छ । अनमोलको घटनास्थलमै र डिल्लीको जिल्ला अस्पताल विजुवारमा उपचारका क्रममा ज्यान गएको हो ।

दुर्घटनामा घाइते भएको मोटरसाइकल चालक गिरुप्रसाद भुसाललाई थप उपचारका लागि भैरहवा ल्याइएको प्रहरीले जनाएको छ । प्रहरीले बसका चालकलाई पक्राउ गरेको छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया