MENU

राजनीति

Ncell Axiata
NIC Asia

​धार्मिकस्थलमा जलविद्युत आयोजना निर्माण नगर्न स्थानीयको माग

रसुवा, पुष १५ – रसुुवा र नुवाकोटको सीमाक्षेत्र उत्तरगयामा निर्माण हुन लागेको मध्य त्रिशुलीगंगा जलविद्युत आयोजना निर्माणको प्रक्रिया रोक्न स्थानीयले माग गरेका छन् । 

धार्मिकस्थलको अस्थित्व मेटाएर आयोजना निर्माण गर्न लागेको भन्दै स्थानीयबासी बिरोधमा उत्रिएका हुन् । आयोजनाले नुवाकोटको तुप्चेमा वातावरणीय प्रभाव एंव मुल्याङ्कन सम्बन्धि सार्वजनिक सुनुवाई गर्ने क्रममा रसुवातर्फ स्थानीयले विरोधसभा गरेको उत्तरगया गाउँपालिकाका प्रमुख उपेन्द्र लम्सालले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘यस क्षेत्रमा जलविद्युत निर्माण गर्दा असर पर्ने देखिएकाले गाउँसभाबाट नै आयोजना निर्माण गर्न नदिने निर्णय गरेका थियौँ, आयोजनाले हाम्रो निर्णयको बेवास्ता गर्दै निर्माण कार्य अघि बढाउन थालेपछि स्थानीय बिरोधमा उत्रिएका हुन् ।’

पर्फेक्ट इनर्जी डेभलपमेन्ट प्रालीले निर्माण गर्न लागेको १९.४१ मेगावट क्षमताको आयोजना नुवाकोटको किस्पाङ गाँउपालिका–५ मा ड्याम बनाई बिदुर नगरपालीका–७ तुप्चेमा विद्युतगृह रहने गरी निर्माण गरिन लागिएको छ । 

ऐतिहासिक तिर्थस्थल उत्तरगयामा जलविद्युत आयोजना निर्माणपश्चात पानीको बहाब घटन गई साबिकको ७ ओटा गाँउ विकास समितिको हजारौँ मानिसको सामुहिक मरणघाट समेत प्रभावित बन्ने उत्तरगया क्षेत्र बिकास समितिले जनाएको छ । 

उत्तरगया चार धाममध्ये एक धाम भएकाले यस स्थानमा हरेक वर्ष पुसे औँसी, गंगा दशहरा तथा जनै पूर्णिमाको अवसरमा हजारौँले स्थान गरी पितृ तर्पण गर्ने धामको रुपमा यो परिचित छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया