MENU

समाज

ujyaalo forign call inside

ल्होसारको रौनकता हराउँदै गएकोमा लमजुङका गुरुङ समुदाय चिन्तित

श्यामशितल परियार/उज्यालो ।

लमजुङ, पुस १५– गुरुङ समुदायको ठूलो चाड तमु ल्होसार शनिबार लमजुङमा पनि धुमधामका साथ मनाइएको छ । गुरुङ समुदायले पुष १५ लाई नयाँ वर्ष र ल्होसारको रुपमा मनाउँदै आएका छन् । लमजुङका विभिन्न ठाउँमा रहेका गुरुङ समुदायले आपसमा खुशी बाँडदै यो पर्व मनाएका हुन् । 

पुरानो वर्गलाई विदाई गर्दै नयाँ वर्गलाई स्वागत गर्दै गुरुङ समुदायले हरेक वर्षको पुस १५ मा तमु ल्होसार पर्व मनाउने चलन रहेको समुता बौद्ध गुम्वाका सचिव विरसिंह घलेको भनाई छ । उहाँका अनुसार ‘ल्हो’ को अर्थ वर्ग र ‘सार’ को अर्थ फेरिनु हुन्छ । वर्ग फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । च्या ल्हो अर्थात चरा वर्गलाई बिदाई गर्दै ‘खि ल्हो’ अर्थात कुकुर वर्गलाई स्वागत गर्दै शनिबार ल्होसार मनाईएको तमु ह्युँला छोँजदी भोटेओडार ईकाईका अध्यक्ष सुवेदार मेजर ईन्द्रवहादुर गुरुङले बताउनुभयो । 

ल्होसारको अवसरमा एक आपसमा जुटी विहानै बौद्ध गुम्वामा होम पुजा गर्ने परम्परा छ । यसरी पुजा गर्नाले पितृ आत्माले शान्ति पाउने धार्मिक विश्वास छ । यस पर्व सामूहिक भोज, साँंस्कृतिक कार्यक्रम एवम्  नाचगान गरेर मनाईन्छ । 

पछिल्लो समय ल्होसार रौनकतामा केही कमी आएको महसुस भएको तहु ह्युँला छोँजदी गुरुङ राष्ट्रिय परिषद्का केन्द्रीय सचिव मेन घलेले बताउनुभयो । ‘ल्होसारको रौनकता पछिल्लो समय हराउँदै गएको छ, यसको मौलिकता जोगाउन नयाँ पुस्ता जाग्नुपर्छ, पुराना पुस्ताले पनि नयाँ पुस्तालाई यसबारे जानकारी गराउनु आवश्यक छ,’ उहाँले भन्नुभयो ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया