MENU

अन्तर्राष्ट्रिय

ujyaalo forign call inside

इरानमा मूल्यवृद्धिविरुद्धको आन्दोलन चर्कियो

पुस १५ –इरानमा मुल्यवृद्धिको विरोधमा सुरु भएको आन्दोलनले राजनीतिक रुप लिएको छ । 

मूल्यवृद्धि तथा देशमा आर्थिक संकट गहरिँदै गएको र त्यसलाई सरकारले नियन्त्रण गर्न नसकेको भन्दै सुरु भएको विरोध प्रदर्शनमा राष्ट्रपति हसन रौहानीको राजीनामा माग भएको छ । 

स्थानीय सञ्चार माध्यमहरुलाई उद्धृत गर्दै बीबीसीले जनाए अनुसार अनुसार प्रदर्शनकारीहरु राष्ट्रपति हसन रौहानी नेतृत्वको सरकारविरुद्ध लक्षित भएका छन् । 

राजधानी तेहरान, मस्साङलगायत ठाउँमा हजारौँ नागरिकले प्रदर्शन गरिरहेका छन् । सरकार विरोधि प्रदर्शनलाई टक्कर दिँदै सरकार समर्थित नागरिकले पनि प्रदर्शन सुरु गरेको बीबीसीले जनाएको छ । इरान सरकारले ५० भन्दा धेरै सरकार विरोधी प्रदर्शनकारीलाई पक्राउ गरिसकेको छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया