MENU

खेल

Ncell Axiata
NIC Asia

​लागुऔषधको रुपमा प्रयोग गरिने ३ बोरा औषधि बरामद्

नवराज पनेरु/उज्यालो ।

धनगढी, पुस १५ –कैलालीको लम्कीचुहा नगरपालिकामा अवैध मेडिकल पसल सञ्चालन गरी प्रतिबन्धित औषधीको विक्री वितरण गर्दै आएका एक जना भारतीय नागरिक पक्राउ परेका छन् । 

लम्कीचुहा नगरपालिका वडा नम्बर ९ खमरिया मेडिकल पसल राखेर लागु औषधको रुपमा प्रयोग हुने औषधि बिक्री वितरण गर्दै आएका भारतको लखिमपुर जिल्लाको तिकुनियाका ३४ वर्षीय छत्र पाललाई पक्राउ गरिएको हो । 

इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले मेडिकल पसलमा छापा मार्दा लागु औषधको रुपमा प्रयोग गरिने प्रतिबन्धित तथा विशेषज्ञ डाक्टरको निगरानीमा विरामीलाई खुवाइने औषधि ट्रमाडोल, डिसाइक्लोमाईन, एभिल, सेटिराजिनलगायतका अवैध औषधि फेला परेको हो । नेपालमा दर्ता नभएका विक्री वितरण गर्न नमिल्ने अवैध भारतीय कम्पनीका प्रतिबन्धित ३ बोरा औषधि पनि बरामद् गरिएको छ । 

प्रारम्भिक अनुसन्धानबाट पक्राउ परेका छत्रपालले मेडिकल दर्ता नगरेको, मेडिकलसँग सम्बन्धी कुनै शैक्षिक योग्यता हासिल नगरेको, चर्को मूल्य लिएर लागु औषध बिक्री वितरण गर्ने र प्रतिबन्धित भारतीय औषधि भन्सार छली ल्याएर बिक्री वितरण गर्ने गरेको खुलेको प्रहरीले जनाएको छ । 

झन्डै ६० हजार मूल्यका तीन बोरा लागु औषधका रुपमा प्रयोग गरिने औषधि बरामद गरिएसँगै उनलाई लागु औषध नियन्त्रण ऐन २०३३ अनुसार कैलाली जिल्ला अदालतबाट म्याद थप गरी जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

औषधि व्यवस्था विभागसँग समन्वय गरी अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वीरबहादुर बुढामगरले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया