MENU

मनोरञ्जन

​‘पद्मावती’ विवाद : पहिले उनीहरु नाक काट्न चाहन्थे, अहिले सेन्सरले ‘आई’ काट्यो

पुस १५ –महिनौँको विवाद  र राजनीति पछि सञ्जय लीला भन्सालीको चलचित्र ‘पद्मावती’ लाई सेन्सर बोर्डबाट ‘ग्रीन सिग्नल’ प्राप्त भएको छ । 

समाचार एजेन्सी पीटाआईका अनुसार सेन्सर बोर्डले चलचित्रको नाम परिवर्तन गरी ‘पद्मावत’ बनाउन चलचित्र निर्माण पक्षलाई सुझाव दिएको छ । 

तर अझै पनि विवाद चलचित्रको विवाद साम्य भने भएको छैन । चलचित्रको छायांकनदेखि नै विरोध गर्दै आएको करणी सेनाले सेन्सर बोर्डको फैसलाबारे मुख खोलेको छैन ।

करणी सेनाका संरक्षक लोकेन्द्र सिंह कालवीले ‘पद्मावती’ चलचित्र राजस्थानको राजघरानासँग जोडिएका ६ जनालाई सेन्सर बोर्डले चलचित्र देखाएको बताएका छन् । सेन्सर बोर्डको फैसलाप्रति आफूहरुले विचार गर्ने उनले बताए । उनले चलचित्र हेरेका मध्ये तीन जनाले चलचित्रमाथि प्रतिबन्ध लगाउन माग गरेको बताए । 

सेन्सर बोर्डको फैसलापछि सामाजिक सञ्जालमा फेरि एकपटक यस चलचित्रका बारेका चर्चा चुलिएको छ । कतिपयले त सेन्सर बोर्डको फैसलाप्रतिसमेत प्रश्न उठाएका छन् । ट्वीटरमा केहीले चलचित्रका सबै कलाकारले आफ्नो नामबाट ‘आई’ अक्षर हटाउन पर्ने भन्दै सेन्सर बोर्डप्रति व्यंग्य गरेका छन् । 

देविका बिहानी लेख्छिन्, ‘एक आई शब्द देशको यति ठूलो मुद्धा थियो ।’

त्यस्तै सामाजिक सञ्जालमा एउटा फेक तस्बिर भाइरल भएको छ । जसमा ‘पद्मावती’ को पोस्टरमा दीपिकाको बदलामा र‍णवीर सिंहको तस्बिर राखिएको छ ।

पंकज कोठारी लेख्छन्, ‘‘पद्मावती’ को नाम पद्मावत बनाइयो, अब करणी सेनाले पनि आफ्नो नाम करणा सेना बनाए हुन्छ ।’

एउटा अर्को ट्वीट यस्तो छ, ‘पहिला उनीहरु नाक काट्न चाहन्थे, अहिले एउटा आई काटिदिए ।’

केहीले त यसलाई आइफोनसँग पनि जोडेका छन् । ध्रुव पाठक लेख्छन्, आईफोनको स्पीड कम गरेको विषयमा कम्पनीले माफी माग्यो । सेन्सर बोर्डका ती सदस्य जसले आइफोन ६ प्रयोग गर्थे, उनले हरेक चिजबाट आई हटाउनु पर्ने बताए । यस चलचित्रलाई पनि पद्मावत नाम राख्न सुझाए ।’

भियाकम १८ मोसन पिक्चर्सको ब्यानमा बनेको यस चलत्रि पछिल्लो समय एकदमै विवाद र चर्चामा रहेको छ । डिसेम्बरको सुरुमै चलचित्र सार्वजनिक गर्ने तयारी भए पनि सेन्सर बोर्डले रोकेको थियो । 

चलचित्रका निर्देशक सञ्जय लीला भन्सालीले केही दिन अगाडि एउटा भिडियो सार्वजनिक गर्दै भनेका थिए, ‘म रानी पद्मावतीको कथाबाट प्रभावित छु । यो चलचित्रले उनको वीरता र बलिदानलाई नमन गर्दछ ।’

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया