MENU

खेल

सालहको जादुमयी दुई गोल, लिभरपुल विजयी

पुस १६ – मोहम्मद सालहको उत्कृष्ट प्रदर्शनको मद्दतमा इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा लिभरपुल विजयी भएको छ ।

घरेलु मैदानमा भएको खेलमा सुरुमै पछि परेर पनि लिभरपुलले लेस्टर सिटीलाई २–१ ले हराएको हो । तेस्रो मिनेटमा जेमी भर्डीको गोलबाट लेस्टर सिटीले सुरुवाति अग्रता लिएको हो ।

पहिलो हाफमा १–० ले पछि परेको लिभरपुलका लागि दोस्रो हाफमा सालहले दुई गोल गरे । ५२ औँ मिनेटमा पहिलो गोल गर्दै टिमलाई बराबरीमा ल्याएका सालहले ७६ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै २–१ को जित दिलाए ।

सालहले यो सिजन अहिलेसम्म लिगमा १७ गोल गरिसकेका छन् । उनी सिजनको सर्वाधिक गोलकर्ताको सूचिमा टोटनह्यामका ह्यारी केन भन्दा एक गोलले मात्रै पछि छन् ।

जितपछि चौथो स्थानको लिभरपुलको २१ खेलबाट ४१ अंक भएको छ । २७ अंकसहित लेस्टर आठौँ स्थानमा कायम छ । राति नै भएका अरु खेलमा न्युक्यासल र ब्राइटन तथा हडर्ल्सफिल्ड र बर्नलीले गोल रहित बराबरी खेल्दै अंक बाँडेका छन् । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया