खेल
डिबालाले गरे पाँच मिनेटमा दुई गोल, युभेन्टसले जित्यो
- Sunday, Dec 31, 2017
- 07:47 AM ( 4 months ago )
- Total Views: 4.3 K
पुस १६ पाउलो डिबालाको उत्कृष्ट दुई गोलको सहयोगमा जित निकाल्दै युभेन्टसले नापोलीसँगको अंक दूरी १ मा झारेको छ ।
इटालियन सिरी ए फुटबल अन्तर्गत शनिबार राति अवे मैदानमा भएको खेलमा युभेन्टसले वेरोनालाई ३–१ ले हरायो । छटौँ मिनेटमा ब्लेज माट्युडीले गोल गर्दै युभेन्टसलाई सुरुवाति अग्रता दिलाए ।
गोन्जालो हेगुनले गरेको प्रहार रिबाउण्ड भएर फर्किएका बेला माट्युडीले त्यसलाई गोलमा परिणत गरेका हुन् । पहिलो हाफमा १–० ले पछि परेको वेरोनाका लागि ५९ औँ मिनेटमा मार्टिन कासरेसले बराबरी गोल फर्काए ।
तर त्यसपछि युभेन्टसका लागि डिबालाले दुई गोल गरे । ७२ औँ मिनेटमा व्यक्तिगत पहिलो गोल गर्दै युभेन्टसलाई फेरि अग्रता दिलाएका डिबालले त्यसको पाँच मिनेटपछि व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ३–१ को जित दिलाए । जितपछि दोस्रो स्थानको युभेन्टसको १९ खेलबाट ४७ अंक भएको छ ।
शुक्रबार राति भएको खेलमा क्रोतोनेलाई १–० ले हराएको शीर्ष स्थानको नापोलीको ४८ अंक छ । शनिबार राति भएका अरु खेलमा इन्टर मिलान लाजिओसँग गोलरहित तथा रोमा सासुओलोसँग १–१ को बराबरीमा रोकियो । यस्तै एसी मिलान पनि फियोरेन्टिनासँग १–१ को बराबरीमै रोकिएर अंक बाँड्न बाध्य भयो ।
सम्बन्धित सामग्रीहरु
-
पारस खड्का भन्छन् : आज एकदमै खुशी छु, विगतमा जे भए पनि अब राम्रै हुनेछ
काठमाडौं, वैशाख ६ – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीकै मर्मअनुसारको विधान नेपाल क्रिकेट संघ क्यानको साधारणसभाले पारित गरेपछि क्यानको निलम्बन फुकुवा हुने सम्भावना बढेको छ ।
-
आयोजक माईभ्यालीले कास्की ११ लाई ३–२ ले हरायो
इलाम, वैशाख ६ ˗ इलाममा बिहीबारबाट सुरु भएको चौथो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकपमा आयोजक माईभ्याली फुटबल क्लब इलामले विजयी सुरुवात गरेको छ ।
-
क्यानकाे विधान जस्ताको त्यस्तै पारित : निलम्बन फुकुवा हुने सम्भावना बढ्यो
काठमाडौं, वैशाख ६ – नेपाल क्रिकेट संघ क्यानको विशेष साधारणसभाले संशोधित विधान जस्ताको त्यस्तै पारित गरेको छ ।
-
क्यान साधारणसभाका प्रतिनिधि भन्छन : अब अति भयो, आईसीसीले भनेअनुसार गरौं
काठमाडौं, वैशाख ६ – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीले नेपाल क्रिकेट संघ क्यानको निलम्बन फुकुवा गर्न आफूले भनेका प्रावधान समेटेर विधान पारित गर्न भनेपछि क्यानको विशेष साधारणसभा बिहीबारदेखि काठमाडौंमा सुरु भएको छ ।
-
इलाम गोल्डकपको उद्घाटन खेलमा माइभ्याली र पोखरा खेल्दै
इलाम , वैशाख ६ – इलाम अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फुटबलको चौथो संस्करण विहीबारदेखि सुरु हुँदैछ ।
-
आगोले जलेर नष्ट भएको प्रदीपको घर कोरियामा रहेका युवाले बनाइदिने
काठमाडौं, वैशाख ६ – सुर्खेतको चौकुने गाउँपालिका वडा नं. ९ घाटगाउँमा फागुन २९ गते आगलागी हुँदा जलेर नष्ट भएको प्रदीप नेपालीको घर दक्षिण कोरियामा रहेका युवाहरुले निर्माण गरिदिने भएका छन् ।
- पारस खड्का भन्छन् : आज एकदमै खुशी छु, विगतमा जे भए पनि अब राम्रै हुनेछ
- कम्प्युटर सिक्दै वडा अध्यक्ष र उपाध्यक्ष
- मानव बेचविखनको अभियोगमा पक्राउ परेका वडाध्यक्षलाई रिहा गर्न सर्वोच्चको आदेश
- पार्टी एकताका बारेमा ओली–प्रचण्डबीच छलफल
- नातिनी बलात्कार गर्नेलाई ९ वर्ष जेल
- ‘प्रयास नेपाल’का बालबालिकालाई हिमालयन एयरलाइन्सको सहयोग
- आयोजक माईभ्यालीले कास्की ११ लाई ३–२ ले हरायो
- क्यानकाे विधान जस्ताको त्यस्तै पारित : निलम्बन फुकुवा हुने सम्भावना बढ्यो
- ग्यालेक्सी एस नाइन वैशाख १० देखि नेपालभर
प्रतिक्रिया दिनुहोस