MENU

समाज

Ncell Axiata
NIC Asia

त्रिविको ४३ औँ दीक्षान्त समारोह आज, ८ हजार भन्दा बढी विद्यार्थी दीक्षित हुँदै

काठमाडौं, पुस १६ – त्रिभुवन विश्वविद्यालयले आइतबार झण्डै आठ हजार विद्यार्थीलाई दीक्षित गर्दैछ । ललितपुरको पुुल्चोकमा रहेको पुल्चोक क्याम्पसको मैदानमा हुने ४३ औँ दीक्षान्त समारोहमा विद्यावारिधि, एमफिल, स्नातकोत्तर र स्नातक तहका आठ हजार २ सय ६७ विद्यार्थी दीक्षित हुने त्रिविले जनाएको छ ।

समारोहमा एमफिलतर्फ सर्वोत्कृष्ट अंक ल्याउने जनप्रशासन क्याम्पस बल्खुका डम्बर सुवेदी र स्नातकोत्तरतर्फ सर्वोकृष्ट अंक ल्याउने गणित केन्द्रीय विभाग, कीर्तिपुरका प्रसन्नकुमार तामाङलाई चान्सलर पदक तथा स्नातकतर्फ सर्वोकृष्ट अंक ल्याउने पुल्चोक क्याम्पस ललितपुरका मणिकुमार शर्मालाई भाइस चान्सलर पदक प्रदान गरिनेछ ।

स्नातकोत्तर तहका विभिन्न विषयमा उत्कृष्ट अंक ल्याउने १५ जना तथा स्नातकका विभिन्न संकायमा उत्कृष्ट अंक ल्याउने आठजनालाई पनि पदक प्रदान गरिनेछ । आइतबार दीक्षित हुनेमा ६२ जनाले विद्यावारिधि प्राप्त गरेका छन् । समारोहमा त्रिविबाट २०७३ जेठ १७ देखि २०७४ असार १६ गतेसम्म स्नातक तह र स्नातकोत्तर तह उत्तीर्ण गरेका विद्यार्थीलाई दीक्षित गरिनेछ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया