MENU

खेल

Ncell Axiata
NIC Asia

१७ हार र एक बराबरी पछि पहिलो जित

पुस १६ – इटालियन सिरी ए फुटबलको पुछारमा रहेको बेनेवेन्तोले लिगमा पहिलो जित दर्ता गरेको छ । यहि सिजन सिरी ए मा बढुवा भएको बेनेवेन्तोलाई जितका लागि १९ औँ खेलसम्म पर्खिनु पर्‍यो ।

लिग अन्तर्गत शनिबार राति घरेलु मैदानमा भएको खेलमा बेनेवेन्तोले चिएवोलाई १–० ले हराएर क्लबको इतिहासमा पहिलो सिरी ए जित दर्ता गरेको हो । बेनेवेन्तोलाई ऐतिहासिक जित दिलाउन ६१ औँ मिनेटमा मासिमो काडाले गरेको गोल निर्णायक बन्यो । यो सिजन सिरी ए का १२ खेलमा प्रतिनिधित्व गरेका कोडाले पहिलो सिरी ए गोल गरेका हुन् ।

बेनेवेन्तोले लिगमा लगातार १४ हार बेहोरेपछि १५ औँ खेलमा बराबरी गरेर एक अंक जोडेको थियो । डिसेम्बर ३ मा भएको खेलमा एसी मिलानलाई २–२ को बराबरीमा रोक्ने क्रममा ९५ औँ मिनेटमा गोलरक्षक अलबर्टो ब्रिनोलीले बराबरी गोल गरेका थिए ।

शनिबार रातिको जितपछि ४ अंक भएको बेनेवेन्तो १९ औँ स्थानमा रहेको वेरोना भन्दा ९ अंकले पछि छ भने रेलिगेशन जोनबाट बाहिर रहेको टिम एसपिएएल भन्दा ११ अंकले अघि रहेको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया