MENU

समाज

ujyaalo forign call inside

भिर व्यवस्थापनको माग गर्दै सिंगटी बजारका बासिन्दा आन्दोलित

दोलखा, पुस १६ – दोलखाको उत्तरी सिंगटी बजार सँगैको भिरको उचित व्यवस्थापन नगरेको भन्दै सिंगटी बजारका बासिन्दाले बजार बन्द गरेका छन् ।

आइतबार बिहान ७ बजेदेखि सिंगटी बजार संघर्ष समितिको अगुवाईमा बजार बन्द भएको हो । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले झण्डै ३ वर्ष अघि नै बजार सँगैको भिर उचित व्यवस्थापन गर्ने जिम्मा लिएको भए पनि अहिलेसम्म कुनै प्रक्रिया अघि नबढाए पछि बजार वरपर कुनै पनि सवारी साधन चल्न दिएका छैनन् ।

भिरको उचित व्यवस्थापन नहुँदा आफूहरु जोखिममा परेकाले आन्दोलन गर्नु परेको सिंगटी बजार संघर्ष समितिका संयोजक विनोद मोक्तानले बताउनुभयो । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया