MENU

अर्थ

Ncell Axiata

​रियाल, दिर्हाम र रिंगिटको मूल्य घट्यो, कोरियन वन स्थिर

काठमाडौं, पुस १६ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ १७ पैसा र विक्रिदर २७ रुपैयाँ ३३ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २७ रुपैयाँ ९९ पैसा र विक्रिदर २८ रुपैयाँ १५ पैसा छ ।

युएई दिर्हाम एकको खरिददर २७ रुपैयाँ १४ पैसा र विक्रिदर २७ रुपैयाँ ९० पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २५ रुपैयाँ १८ पैसा र विक्रिदर २५ रुपैयाँ ३३ रहेको छ ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ५६ पैसा र विक्रिदर ९ रुपैयाँ ६२ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ३७ रुपैयाँ ६४ पैसा छ भने विक्रिदर ३ सय ३९ रुपैयाँ ६३ पैसा रहेको छ ।

एक बहराइन दिनारको खरिददर २ सय ७० रुपैयाँ २६ पैसा र विक्रिदर २ सय ७१ रुपैयाँ ८५ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया