MENU

मनोरञ्जन

ujyaalo forign call inside

एनसेल मेला : हाटखोलामा नाचगान

काठमाडौं, पुस १६ – विराटनगरको हाटखोलामा एनसेलले आयोजना गरेको एनसेल मेला २०७४ मा दर्शकले भरपुर मनोरञ्जन लिएका छन् । कम्पनीले आफ्ना ग्राहक तथा शुभचिन्तकसँग थप नजिक हुँदै खुशीयाली साटासाट गर्ने र दु्रत गतिको मोबाइल ब्रोडव्याण्ड सेवा फोरजीको अनुभव प्रदान गर्ने उदेश्यका साथ आयोजना गरेको यो मेलामा दर्शकले कलाकारको प्रस्तुतिसँगसँगै गाउँदै नाच्दै रमाईलो गरेका हुन् । 

विविध मनोरञ्जनात्मक कार्यक्रम तथा गतिविधिले भरिपूर्ण एनसेल मेला शनिबार बिहान ११ बजे सुरु भएको थियो । चर्चित कलाकारहरु तथा सांगीतिक समूहको प्रस्तुतीहरु, फोरजी थिममा आधारित गेम स्टलहरु, जुनियर सिङगिङ्ग आइडल, किड्स जोन, फेसबुक ट्यागिङ् र फुड स्टलहरुले मेलालाई विषेश बनाएको थियो ।

मेलाको मुख्य आकर्षण रहेको कन्सर्टमा, कलाकार शिव परियारले आफ्नो हिट ‘क्या दामी भो’, ‘पिलायो साथीले’ र ‘संगी’ लगायत गीतहरु प्रस्तुत गर्दै दर्शकलाई भरपुर मनोरञ्जन गराएका थिए । कलाकार आषिश राना (लाउरे) ले ‘नेपहपको बाटो’, ‘हाउडे’ र ‘केस नम्बर ४२०’ जस्ता आफ्ना प्रस्तुतीहरु राख्दै दर्शकहरुको मन जितेका थिए ।

त्यस्तै सांगीतिक समूह कबवेबले अत्याधिक मन पराइएका गीतहरु ‘मार्याे नि मार्यो नि’ र ‘तिम्रो माया’ जस्ता चर्चित गीतहरु प्रस्तुत गर्दै र द एज व्याण्डले लोकप्रिय ‘तिम्रो लागि’ र ‘थाहा छैन’ जस्ता प्रस्तुती मार्फत दर्शकलाई गीतमा झुम्दै नाच्नका लागि उत्साहित गरेका थिए ।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया