राजनीति
नियम मिचेर दलहरुले नाम पठाउँदा समानुपातिकतर्फका सांसद छान्न ढिलाई
- Sunday, Dec 31, 2017
- 12:22 PM ( 4 months ago )
- Total Views: 2.0 K
काठमाडौं, पुस १६ –प्रदेशसभामा समानुपातिकतर्फबाट सांसद बन्नेहरुको नाम पठाउँदा दलहरुले नियम मिचेकाले विजयी घोषणा गर्न समय लाग्ने भएको छ । दलहरुले पठाएको नामावलीमा केही दलले बन्दसूची भित्रबाट नाम छान्दा क्रम संख्या र नियम मिचेको पाइएपछि निर्वाचन आयोगले दललाई नाम सच्याउन समय दिने तयारी गरेको छ ।
दलहरुले आयोगमा पठाएका प्रतिनिधि समानुपातिक, समावेशी तथा क्रम अनुसार भए नभएको छानबिन गर्दा केही दलले क्रम संख्या र नियम मिचेको पाइएपछि त्यसको लागि छलफल भैरहेको छ । आयोगका प्रवक्ता दिनेशकुमार घिमिरेका अनुसार समानुपातिकको सूची बुझाएका केही दलले ३३ प्रतिशत महिला नपुर्याएको, क्लस्टर अनुसार नभएको र क्रम संख्या मिचेर पठाएका छन् ।
यसरी पठाइएको नामावली आयोगले स्वीकार नगर्ने उहाँले जानकारी दिनुभयो । दलहरूले पठाएको नामावलीमा प्रारम्भिक छानबिन गर्दा महिलाको ठाउँमा पुरुष राखिएको र ऐनले व्यवस्था गरेको क्लस्टर अनुसार नभएकाले बन्दसूचीमा रहेको क्रम संख्या अनुसार नै नामावली फेरि पठाउन आयोगले दलहरुलाई तीन दिनको समय दिने तयारी गरेको छ ।
दलहरूले महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारु, मुस्लिमको आरक्षण प्रतिशत नपुर्याए आयोगले कानुन अनुसार पुर्याउनेछ ।
सम्बन्धित सामग्रीहरु
-
एमाले–माओवादीबीच एकता नहोस् भनेर केहीले दक्षिणकालीमा कालो बोका भाकल गरेका छन् : बडाल
काठमाडौं, वैशाख ८ – नेकपा एमालेका स्थायी कमिटी सदस्य केशव बडालले एमाले–माओवादी केन्द्रबीचको एकता नहोस् भनेर केहीले दक्षिणकालीमा कालो बोका भाकल गरेको आरोप लगाउनुभएको छ ।
-
केरुङबाट काठमाडौं हुँदै लुम्बिनी जोड्ने रेलमार्ग बनाउनेबारे चीनसँग छलफल
काठमाडौं, वैशाख ८ – नेपाल र चीनबीच केरुङबाट काठमाडौं हुँदै लुम्बिनी जोड्ने रेलमार्ग बनाउनेबारे छलफल भएको छ ।
-
संगीतकार र कलाकारलाई रोयल्टी दिलाउन सहयोग गर्छु : प्रचण्ड
काठमाडौं, वैशाख ८ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संगीतकार र कलाकारले रोयल्टी दिलाउन सहयोग गर्ने बताउनुभएको छ ।
-
मोदी वैशाख अन्तिम हप्ता नेपाल आउने !
काठमाडौं, वैशाख ७ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वैशाख अन्तिम हप्ता नेपालको भ्रमण गर्ने सम्भावना बढेको छ ।
-
वैशाख १९ बन्ला त वाम एकताको नयाँ ‘साइत’ ?
काठमाडौं, वैशाख ८ – चुनावी तालमेल मात्र होइन पार्टी नै एक बनाउने भनेर एमाले र माओवादीले गरेको घोषणा आधा वर्षसम्म पनि पूरा हुन सकेको छैन ।
-
दक्षिण एसियाली जुडो च्याम्पियनसिप : नेपालले जित्यो एक स्वर्ण, चार स्वर्णसहित भारत अग्रस्थानमा
काठमाडौं, वैशाख ८ – आठौं दक्षिण एसियाली जुडो च्याम्पियनसिपको पहिलो दिन चार स्वर्ण जितेर भारतले अग्रता कायम गरेको छ ।
- आईपीएल : कोलकाताले पञ्जाबलाई दियो १९२ रनको टार्गेट
- संकटालाई हराउँदै सिक्किम युनाइटेड क्वार्टरफाइनलमा
- उद्दारलाई प्राथमिकता, गलत काम गर्नेलाई कानुनी उपचार : नेपाली दूतावास युएई
- डोटीमा जीप दुर्घटना : ३ को मृत्यु, १६ जना गम्भीर घाइते
- एक कोसा केराको मूल्य एक लाख ३६ हजार !
- एमाले–माओवादीबीच एकता नहोस् भनेर केहीले दक्षिणकालीमा कालो बोका भाकल गरेका छन् : बडाल
- सिन्धुपाल्चोकको एउटै नगरपालिकाका तीन युवा मलेसियामा बेपत्ता
- दैलेख कारागारका कैदीले मागे संविधान, रामायण र महाभारत
- अमेरिकी पेस्तोलसहित शिकारी पक्राउ
प्रतिक्रिया दिनुहोस