MENU

विज्ञान प्रविधि

सन् २०१७ : विज्ञान प्रविधिका ८ ‘ब्रेक थ्रु’

काठमाडौं, पुस १६ – अंग्रेजी क्यालेण्डरको वर्ष २०१७ मा विज्ञान तथा प्रविधिको क्षेत्रमा धेरै काम भए, जसले मानव जीवनका असजिलोलाई सजिलो बनाएका छन् । प्रविधिले हाम्रो दैनिक जीवनलाई सहज बनाउँदै लगेको छ । वर्ष २०१७ मा पनि विज्ञान प्रविधिको क्षेत्रमा धेरै नयाँ कुरा भए ।

यसमा स्पाइनलकर्डमा लागेको चोटका कारण भएको प्यारलाइसिसको उपचारमा देखिएको सकारात्मक संकेतदेखि ३६० डिग्रीको सेल्फी क्यामरासम्म रहेका छन् । हामीले यहाँ वर्ष २०१७ मा विज्ञान तथा प्रविधिका ८ ब्रेक–थ्रु समेटेका छौँ ।  

१) प्यारालाइसिसको उपचार 

वैज्ञानिकले मस्तिष्क प्रत्यारोपण गरेर स्पाइनल कर्डमा लागेको चोटका कारण हुने प्यारालाइसिसको उपचारमा सफलता पाउने संकेत भेट्टाए । अहिले पनि यस विषयमा अनुसन्धान भइरहेको छ ।

फ्रान्समा न्युरो वैज्ञानिकले गरेको अनुसन्धानमा मस्तिष्क प्रत्यारोपणको प्रविधि प्रयोग गरेर स्पाइनल कर्डमा लागेको चोटका कारण भएको प्यारालाइसिसको उपचार गर्न सकिने सम्भावना देखिएको हो । बाँदरमा गरिएको अनुसन्धानमा यस्तो सम्भावना देखिएको हो । यो औषधि अबको १० देखि १५ वर्षभित्र उपलब्ध हुने वैज्ञानिकले बताएका छन् ।

२) सेल्फ–ड्राइभिङ ट्रक

अबको केही वर्ष भित्र ड्राइभर बिनाका ट्रक राजमार्गमा गुड्ने सम्भावना वर्ष २०१७ ले दिएको छ । सेल्फ ड्राइभिङ कारको कुरा केही वर्ष अघिदेखि नै हुँदै गएको छ ।

तर देशको अर्थव्यवस्थासँग प्रत्यक्ष रुपमा जोडिएको ट्रक नै सेल्फ ड्राइभिङ आउने सम्भावना भएको हो । अबको ५ देखि १० वर्ष भित्रमा सेल्फ ड्राइभिङ ट्रक प्रयोगमा ल्याउन सकिने अनुसन्धानमा संलग्न अमेरिकी वैज्ञानिक तथा प्रविधि कम्पनीले बताएका छन् । 

३) फेस–डिटेक्टिङ 

फेस–डिटेक्टिङ सिस्टमले चीनमा आधिकारिक मान्यता पाएको छ । यसबाट भुक्तानी तथा सेवा सुविधामा पहुँचसहित अपराधी पत्ता लगाउन पनि सहयोग गरेको छ ।

चीनमा कम्प्युटरको सहायताले मानिसको अनुहार डिटेक्ट गरेर अपराधी पत्ता लगाउने सहितका काम हुँदै गएको छ । यस्तै यसको सहयोगले बैंक, सपिङ स्टोर तथा यातायात सेवाका अधिकारीसँग सम्पर्कमा रहन पनि सकिन्छ । चीनसहित अरु देशमा पनि यसको प्रयोग गर्न सकिने सम्भावना छ । 

४) क्वान्टम कम्प्युटर

डच अनुसन्धानकर्ताले वर्ष २०१७ मा अधिक शक्तिसहितको क्वान्टम कम्प्युटर बनाउने बाटो खुलाए । नेदरल्याण्डसको फेल्फट् युनिभर्सिटी अफ टेक्नोलोजीका अनुसन्धानकर्ताले वर्षौंदेखि कागजमा मात्रै सीमित रहेको क्वान्टम कम्प्युटर बनाउन सक्ने भएका हुन् ।

अधिक शक्तिशाली मेशिन, जसले सूचना प्रोसेसिङलाई नयाँ, छिटो र सजिलोसँग गर्छ त्यसलाई क्वान्टम कम्प्युटर हो । क्वान्टम मेकानिक्सको सिद्धान्तलाई आधार मानेर बनाइने क्यान्टम कम्प्युटर अहिले प्रयोग भइरहेका कम्प्युटर भन्दा फरक हुनेछ । क्वान्टम कम्प्युटर अबको ४ देखि ५ वर्ष भित्रमा प्रयोगमा आउने वैज्ञानिकले बताएका छन् । 

५) ३६०–डिग्री सेल्फी

क्यामरा उत्पादन गर्दै आएका विभिन्न कम्पनीले वर्ष २०१७ मा ३६०–डिग्री क्यामरा बनाए, जसले फोटोग्राफीकोको नयाँ युगलाई सुरुवात गर्‍यो । यसबाट फोटो मात्रै नभएर सेल्फी तथा भिडियो पनि खिच्न सकिन्छ । 

६) हट सोलार सेल

तापलाई फोकस विम्स अफ लाइटमा रुपान्तरण गरेर नयाँ सौर्य उपकरण बनाउन सकिने वैज्ञानिकले पत्ता लगाए । यसबाट चिपको सहायताले निरन्तर रुपमा उर्जा पाउन सकिन्छ । एमआइटी वैज्ञानिकले सौर्य उर्जालाई थप प्रभावकारी रुपमा प्रयोग गर्न सकिने प्रविधि बनाएका हुन् । यो प्रविधि अबको १० देखि १५ वर्षभित्र प्रयोगमा आउने वैज्ञानिकको भनाई छ । 

७) जिन थेरापी २.०

वंशाणुगत डिसअडरको समाधानका लागि यो वर्ष वैज्ञानिकले जिन थेरापी पत्ता लगाए ।  वंशाणुगत डिसअडरको समाधानका लागि वैज्ञानिकले आधारभूत रुपमा रहेका समस्या समाधान गर्न सक्ने जिन थेरापी २.० को विकास गरेका हुन् । अहिले यो थेरापीलाई वंशाणुगत रुपमा मानिसमा देखिने सम्भावना रहेका क्यान्सर, मुटु रोग तथा अरु यस्तै रोगको उपचारमा प्रयोग गर्न सकिने सम्भावनाबारे अध्ययन गरिरहेका छन् । 

८) सेल एट्लस

जीव वैज्ञानिकहरुले यो वर्ष मानिसको शरीरको संरचना र यो के के मिलेर बनेको छ भन्ने जानकारी सहितको सेल एट्लस बनाउन सुरु गरेका छन् । अमेरिका, बेलायत, स्वीडेन, इजरायल, नेदरल्याण्डस र जापानका वैज्ञानिकले मानिसको शरीरमा रहेका कोष (सेल) एट्लस बनाउन सुरु गरेका छन् । यसमा ३७ दशमलव २ ट्राइलन सेलको क्याटलक बनाउने छन् । अबको पाँच वर्षभित्र यो बायोलोजिकल एट्लस बनाइसक्ने छन् । 

- एजेन्सीको सहयोगमा 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया