MENU

समाज

कपास उद्योगमा आगोलागी, १० लाख रुपैयाँ बराबरको क्षति

दाङ, पुस १६ –दाङको तुलसीपुरमा रहेको एक कपास उद्योगमा आगलागी भएको छ । आगलागिबाट झण्डै १० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

तुलसीपुर उपमहानगरपालिका ६ मा रहेको राप्ती कपास उद्योगमा आगलागी भएको हो ।

विद्युतको तार सर्ट भएर आइतबार बिहान आगलागी भएको उद्योग सञ्चालक लोकमान मसुरले जानकारी दिनुभयो ।

आगलागीबाट सिरक, डसना बनाउने मेसिन, कपास बनाउन प्रयोग गरिने कपडाहरु सबै जलेर नष्ट भएको छ ।

उद्योगमा लागेको आगोलाई उपमहानगरको दमकल, प्रहरी र स्थानीयले नियन्त्रणमा लिएका छन् ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया