MENU

अर्थ

नेप्सेमा पहिरो : २०१७ को पहिलो दिनभन्दा पनि तल झर्‍यो सेयर बजार

काठमाडौं,पुस १६ – ईस्वी सालको अन्तिम दिन शेयर बजार ३ सय ६५ दिन अघिको सूचकभन्दा तल झरेको छ । साताको पहिलो र वर्षको अन्तिम दिन आइतबार नेप्से लगातार घटिरहेको छ । यो समाचार लेख्दासम्म नेप्से १४ सय भन्दा तल झरेको छ । 

२०१७ को पहिलो दिन नेप्से १४ सय ६५ दशमलव ७२ अंकमा थियो । यो वर्ष फेबु्रअरी १२ तारिखका दिन नेप्से सबैभन्दा तल झरेको थियो ।

२०१७ को फेबु्रअरी १२ मा शेयर बजार परिसूचक नेप्से १ हजार २ सय ५२ दशमलब ५२ अंकमा झरेको थियो । घटबढ शेयर बजारको स्वभाविक स्वभाव भए हो ।

यो वर्ष नेप्सेमा सरदर ५०० अंक बराबर उतार चढाव भैरह्यो । २०१७ मा अप्रिल ११ का दिन नेप्से यो वर्षकै उचो बिन्दुमा पुुगेको थियो । त्यो दिन नेप्से १ हजार ७ सय ३ दशमलव ७ अंकमा पुगेको थियो । 

यो वर्षको अन्तिम दिन आइतबार नेप्सेमा आएको गिरावटले २०१८ को सुरुमा प्रभाव पार्ने देखिएको छ । ०१७ सालको जनवरी १ मा भन्दा ०१८ सालको जनवरी १ मा शेयर बजार परिसूचक नेप्से कम हुने त लगभग निश्चित जस्तै भएको छ । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया