MENU

अन्तर्राष्ट्रिय

रजनिकान्त पसे राजनीतिमा

पुस, १६ – दक्षिण भारतका सुपरस्टार नायक रजनिकान्तले राजनीतिमा प्रवेश गर्ने घोषणा गरेका छन् । उनले अब आउने विधानसभा चुनावमा तमिलनाडुबाट भाग लिने बताएका छन् ।

रजनिकान्तले आफ्ना प्रशंशकलाई तामिलनाडुमा एउटा नयाँ पार्टीको उदय भएको र अब हुने विधानसभा चुनावमा प्रतिनिधित्व गर्ने जनाएका हुन् । 

‘तमिलनाडुमा अहिले लोकतन्त्र संकटमा छ । यसलाई सुधार गर्नका लागि अहिले नै हामीले कदम उठाउनु जरुरी छ ।’ उनले आफ्ना समर्थकलाई आफूसँगै राजनीतिमा आउनका लागि आग्रहसमेत गरेका छन् । तमिलनाडुमा सन् २०२१ मा हुने विधानसभाको चुनावमा २ सय ३४ सिटका लागि चुनाव लड्ने उनले बताएका छन् । 

‘हामी कायर छैनौँ, तमिलनाडुका जनतालाई माथि उठाउन कर्तव्यका साथ अघि बढ्नेछौँ’ रजनीकान्तले भने – ‘म मुख्यमन्त्री हुन राजनीतिमा आएको होइन्, मलाई मुख्यमन्त्रीको लागि अफर पहिले नै आएको थियो । दक्षिण भारतमा लोकतन्त्र निकै कमजोर भएका कारण म राजनीतिमा आएको हुँ ।’

रजनिकान्तले पार्टीको घोषणा भने गरेका छैनन् । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया