MENU

समाज

ujyaalo forign call inside

चिर्पट हानेर श्रीमानको हत्या

गोरखा, पुस १६ – गोरखाको भीमसेन गाउँपालिका–८ बोर्लाङमा चिर्पट प्रहारबाट एक जनाको हत्या भएको छ । चिर्पटले टाउकामा प्रहार गरी श्रीमतीले आफ्ना श्रीमानकाे हत्या गरेको आरोप लगाइएको छ ।

पैंसठ्ठी वर्षीया हीरादेवी श्रेष्ठले ६८ वर्षीय श्रीमान् केयरमानलाई शनिबार बेलुकी घरझगडाका क्रममा चिर्पट हानेर हत्या गरेको प्रहरीले जनाएको छ । अभियुक्त हीरादेवीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिएको प्रहरी उपरीक्षक प्रकाश अधिकारीले बताउनुभयो । 

प्रहरीसमक्ष हीरादेवीले श्रीमानको हत्या गरेको स्वीकार गरिसकेकी छन् । घरायसी झगडाका क्रममा चिर्पट प्रहारबाट केयरमानको हत्या भएको देखिन्छ’, प्रहरी उपरीक्षक अधिकारीले भन्नुभयो, ‘घटनाबारे थप अनुसन्धान भइरहेको छ । शव परीक्षणका लागि गोरखा अस्पताल ल्याइएको छ ।’-रासस

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया