MENU

राजनीति

​निर्वाचन आयोगको कार्यशैली शंकास्पद रह्यो : नेता ज्ञवाली

गुल्मी पुस १६ –नेकपा एमालेका सचिव एवं गुल्मी क्षेत्र नम्बर–१, का ससंद प्रदिप ज्ञवालीले निर्वाचन आयोगको कार्यशैली शंकास्पद रहेको टिप्पणी गर्नुभएको छ ।

आइतबार प्रेस चौतारी नेपाल गुल्मीले आयोजना गरेको पत्रकार भेटघाटमा नेता ज्ञवालीले ‘निर्वाचन आयोग कुनै राजनीतिक दलको पक्ष र विपक्ष भएर समानुपातिकतर्फको नतिजा निकाल्न आनाकानी गर्नु लज्जास्पद विषय भएको बताउनुभयो । उहाँले निर्वाचन आयोगले स्वतन्त्र र निष्पक्ष भएर काम नगरेको आरोप लगाउनुभयो ।

उहाँले संविधान र कानुनको अपव्याख्या गरेर अहिलेको सरकारले दीर्घकालिन असर पर्ने निर्णयहरु गरिरहेको बताउनुभयो । ‘सरकारले सहमती भन्दा निहुँ खोजिरहेको छ’, ज्ञवालीले भन्नुभयोे, ‘ आयोगका कुनै निर्णय पनि वाम गठबन्धनलाई मान्य छैनन् ।’

अहिलेको सरकारले ताजा जनादेशको अपमान गरेको ज्ञवालीले बताउनुभयो । चुनावको मत परिणाम सार्वजनिक भएको १५ दिन बितिसक्दासमेत सरकारले कुर्सीमै रमिता देखाई रहेको नेता ज्ञवालीले आरोप लगाउनुभयो । ज्ञवालीले समानुपातिकतर्फको नतिजा सार्वजनिक नगर्ने निर्वाचन आयोग र सरकारको गतिविधि शंकास्पद रहेको प्रतिक्रिया दिनुभयो । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया