MENU

राजनीति

ujyaalo forign call inside

राष्ट्रियसभा चुनाव नभएसम्म प्रतिनिधिसभाकाे समानुपातिक परिणाम आउँदैन : निर्वाचन आयुक्त

काठमाडौं, पुस १६ – प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले दलले प्रदेशसभाको समानुपातिकतर्फ पहिला बुझाएको बन्द सूचिबाट नाम तलमाथि गरेको पाइएमा कारबाही गर्ने चेतावनी दिनुभएको छ ।

रिपोर्टर्स क्बल नेपालले आइतबार गरेको साक्षात्कार कार्यक्रममा बोल्दै आयुक्त यादवले नाम तलमाथि गरेको भन्ने विषयमा आयोगले छनविन गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘निर्वाचन आयोगको निर्देशिका अनुसार पहिला बन्द सूचिमा नाम जुन बुझाइएको छ, त्यहीअनुसार अहिले नाम पठाउनुपर्छ । त्यसमा क्रमसंख्या तल माथि गर्ने अधिकार दलहरुलाई छैन । त्यो भनेको कानुन र निर्देशिका बिपरित हुन्छ । त्यस विषयमा आयोगको सचिव र जिल्ला निर्वाचन अधिकृतहरुले छानबिन गरिरहनु भएको छ ।’

उहाँले राष्ट्रियसभाको चुनाव नभएसम्म प्रतिनिधिसभा चुनावको परिणाम सार्वजनिक गर्न नमिल्ने बताउनुभयो । 
आयुक्त यादवले राष्ट्रियसभाको चुनावपछि आएको नतिजाका आधारमा प्रतिनिधिसभातर्फ समानुपातिकको नतिजा सार्वजनिक गरिने बताउनुभयो । 

संविधान अनुसार संघीय संसदमा ३३ प्रतिशत महिलाको सहभागिता हुनुपर्ने भएकाले राष्ट्रियसभाको नतिजा पछि महिलाको सहभागिता कति थप्नुपर्ने हो त्यो प्रतिनिधिसभाको समानुपातिकबाट पूर्ति गर्नुपर्ने हुन्छ । 

यादवले राष्ट्रियसभा र प्रतिनिधिसभा गरी कूल ३ सय ३४ को ३३ प्रतिशत महिला चाहिने भएकाले त्यसका लागि राष्ट्रियसभा र प्रतिनिधिसभाबाट पूरा गर्नुपर्ने व्यवस्था भएको बताउनुभयो । 

राष्ट्रियसभाको चुनावको मिति घोषणा भएको बढिमा ३० दिनभित्र सबै नतिजा सार्वजनिक गर्नुपर्ने कानुनी व्यवस्था छ । राष्ट्रिय सभाको चुनावका लागि प्रदेश प्रमुख पहिला तोक्नुपर्ने कानुनी व्यवस्था भएको समेत उहाँले जानकारी दिनुभयो । 

राष्ट्रिय सभाको चुनावका मतदाता प्रदेश सासंद भएकाले उनीहरुले पहिला शपथ ग्रहण गर्नुपर्ने उहाँले बताउनुभयो । शपथ खानका लागि प्रदेश प्रमुखको आवश्यकता रहेको यादवले जानकारी दिनुभयो । 

उहाँले प्रतिनिधिसभाको समानपातिकतर्फको नतिजा लुकाएको भन्ने एमाले नेताहरुको अरोपको खण्डन गर्नुभएको छ । नतिजा सार्वजनिक गर्नका लागि कानुनी प्रक्रिया के के छ भनेर नजानेकाले एमालेका नेताहरुले त्यस्तो आरोप लगाएको उहाँको भनाई छ । 

यादवले भन्नुभयो, नियम अनुसार राष्ट्रिय सभाको चुनाव सकिएपछि मात्रै प्रतिनिधिसभातर्फको समानुपातिक नतिजा सार्वजनिक गर्न मिल्ने दाबी गरेका छन् ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया