MENU

समाज

​ब्रेन ट्यूमर पीडित बालिकालाई हङकङबाट सहयोग

खोटाङ, पुस १६– खोटाङकी एक ब्रेन ट्यूमर पीडित बालिकालाई हङकङबाट उपचार खर्च जुटेको छ ।

ब्रेन ट्यूमरको उपचारका लागि भारत जानुपर्ने भएपनि आर्थिक अभावमा काठ्माण्डौंमै उपचार गराइरहेकी ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलकी १२ वर्षीय दिपा राईलाई हङकङ निबासी शुभेच्छुकबाट १ लाख १४ हजार ४ सय सहयोग प्राप्त भएको हो ।

जालपा माबि बादेलमा कक्षा ७ मा अध्ययनरत बालिकालाई हाल हङकङ निवासी हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका नयन राई र मिठासरी राई दम्पत्तीबाट १ लाख र भोजपुर घर भइ हाल हङकङमा बसिरहेका सोनु राई, सुनिता राई र बशन्ती राई लगायतबाट जम्मा भएको १० हजार चार सय रुपैयाँ सहयोग प्राप्त भएको हो ।

जम्मा भएको रकम नयन राईकी बहिनी निर्मला राईले अस्पतालमै पुगेर हस्तान्तरण गरेकी ब्रेन ट्यूमर पिडित बालिकाकी बाबु बिरबहादुर राईले बताउनुभयो । ब्रेन ट्यूमरकै कारण गुमेको ९ वर्षका छोरा निष्कर्षको सम्झनामा नयन राई दम्पत्तीले दिपालाई एक लाख सहयोग प्रदान गरेको बताइएको छ । 
बिरामी परेपछि मंसिर ५ गते टिचिङ अस्पतालमा पुर्‍याएपछि दिपालाई ब्रेन ट्यूमर भएको पूष्टि भएको हो ।

बालिकाको देब्रे गाला र कानको पछाडिपट्टिबाट पलाएको मासु मस्तिष्कसम्म पुगेकाले थप उपचारका लागि भारतको जैन इएनटी अस्पताल जयपुर लैजान स्वास्थ्यकर्मीको सुझाव भएपनि आर्थिक अभावमा उपचारमा लैजान नसकिएको परिवारले बताएको छ । चार छोरीमध्ये दिपा घरकी जेठी छोरी हुन् ।

थप उपचारका लागि भारत लैजान नसक्दा बीर अस्पतालका प्रोफेसर डा. गोपालरमण शर्माको सल्लाहमा दिर्घायु गुरु अस्पताल चावहिलमा बालिकाको पहिलो चरणको शल्याक्रीया गरेर उपचार सुरु गरिएको हो ।

बिरबहादुरका अनुशार पुस ८ गते शल्यक्रीया गरिएको बालिकाको पुःन ८ महिनापछि अर्को शल्यक्रीया गर्नुपर्ने स्वास्थ्यकर्मीको सुझाव छ । गाउँमा खेतीकिसानी गर्दै आएका राई परिवारले आर्थिक अभावमा छोरीलाई उपचारका लागि भारत लैजान नसकेको बताएका छन् । राई परिवारले दिपाको उपचारका लागि सहयोगको याचना गरेका छन् ।

दिपालाई सहयोग गर्न बाबु बिरबहादुर राईको नाममा सिद्धार्थ बैंकमा खोलिएको खाता नम्बर ०२४१५१६७६४९ मा रकम जम्मा गर्न सकिने व्यवस्था मिलाइएको छ । सहयोगका लागि दिपाको परिवारलाई ९८१९०३५०४१ मा सम्पर्क गर्न सकिने परिवारले जनाएको छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया