MENU

समाज

ujyaalo forign call inside

अर्घाखाँचीको सितगंगाका खसीबोका सहकारीमार्फत बिक्रि गर्न सुरु

प्रेमनारायण आचार्य / उज्यालो ।

अर्घाखाँची, पुस १६ – अर्घाखाँचीको सितगंगा नगरपालिकामा खसी, बोका तथा अन्य उत्पादनहरु सहकारीमार्फत बिक्रि वितरण गर्न सुरु गरिएको छ । एक्ला एक्लै भन्दा सहकारीबाट बिक्रि वितरण गर्दा सजिलो र नाफा बढि हुने भएपछि खसी, बोका तथा अन्य उत्पादनहरु सहकारीमार्फत बिक्रि वितरण गर्न सुरु गरिएको जागृति कृषि तथा पशु विकाश सहकारी संस्थाकी सीता पोख्रेलले बताउनुभयो । 

नगरपालिकामा रहेका महिला  समूहहरु सहकारीमा रुपान्तरण भएका छन् । सुरुमा मासिक १० रुपैयाँबाट बचत सुरु गरेर गठन गरेको स्वाबलम्बी महिला समूहले अहिले सहकारीमा रुपान्तरण हुदाँ एक सय रुपैयाँ बचत गर्न थालेका छन् । 

३५ महिनाको अवधिमा बाख्रा विकाश परियोजना कार्यक्रममार्फत महिलाका लागि क्षमता विकाश कार्यक्रम सञ्चालन गरेको हेफर इन्टरनेश्नलका कार्यक्रम संयोजक राधाकृष्ण शर्माले बताउनुभयो । सितगंगा नगरपालिका भित्र सहकारीमा रुपान्तरण भएका समूहलाई व्यवस्थित गर्न नगरपालिका लागि पर्ने नगरप्रमुख सूर्यप्रसाद अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो– ‘बाख्रा विकाश परियोजनाले महिला दिदी बहिनीलाई आत्मनिर्भर बनाउनको लागि भूमिका निर्वाह गर्ने छौं पशुपालनमा राम्रो गर्ने किसानलाई अनुदानको व्यवस्था गरिनेछ ।’ 

कार्यक्रमको सहजीकरण गरिरहेको संस्था नेपाल चेतना केन्द्रका सल्लाहाकार रामकुमार क्षेत्रीले  सिद्धारामा कार्यक्रम प्रभाकारी बनाउन सहयोग गर्ने सबै जनालाई धन्यवाद दिँदै आगामी दिनमा पनि संस्था साथमा रहने प्रतिबद्धता जाहेर गरेका छन् । 

 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया