समाज
रोजगारी मिलाइदिने भन्दै मानव बेचविखन गर्ने पक्राउ
- Sunday, Dec 31, 2017
- 17:44 PM ( 4 months ago )
- Total Views: 1.7 K
काठमाडौं, पुस १६ – विदेशमा रोजगारी मिलाइदिने भन्दै मानव बेचविखन गर्ने करियर हब प्रालि एडुकेशनल कन्सल्टेन्सीका सञ्चालक चित्रप्रसाद ढुङ्गेल पक्राउ परेका छन् । उनलाई मानव बेचविखन गरेको आरोपमा काठमाडौंकाे चन्द्रागिरी नगरपालिका वडा नं १ बाट पक्राउ गरिएको हो ।
मोरङ जिल्ला सुन्दर हरैचा नगरपालिका वडा नम्बर ८ घर भई हाल काठमाडौं चन्दागिरि नगरपालिका १ बस्ने ढुङगेल दक्षिण अफ्रिकाको जोहान्सवर्गमा राम्रो रोजगारी दिलाईदिने भन्दै मोटो रकम उठाई धोकापूर्वक दक्षिण अफ्रिका पुर्याई बेच्ने गरेका थिए ।
यसरी बेचिएका पीडितहरु भाग्न सफल भई नेपाल फर्की आएको र फेरि पनि ढुङ्गेलले उल्टै धम्कि दिइ पीडितलाई थर्काइरहेको भनि उजुरी गरेका थिए । यही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सम्बन्धित सामग्रीहरु
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रातभर खुल्ला रहने
काठमाडौं, वैशाख ७ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शुक्रबार रातभर खुल्ला हुने भएको छ ।
-
बिरामीले नबुझ्ने गरी औषधिको सिफारिस लेखे डाक्टरलार्इ कारवाही हुने
काठमाडौं, वैशाख ७ – स्वास्थ्य संस्था तथा चिकित्सकहरुले अब बिरामीले नबुझ्ने गरी प्रेस्क्रिप्सन अर्थात औषधिको सिफारिस लेख्न नपाउने भएका छन् ।
-
दलितलाई नै चल्दैन दलितले छाेएकाे पानी
बझाङ, वैशाख ७ – सदरमुकाम समेत रहेको तत्कालिन चैनपुर गाविसकी आशा रसाइली (सुनार) ले स्थानीय बिक थर भएका युवासँग प्रेम विवाह गरिन ।
-
२० विद्यालयले पाए कम्प्युटर ल्याब निर्माणका लागि अनुदान रकम
दोलखा, वैशाख ७ – शिक्षा विकास तथा समन्वय इकाइ दोलखाले चालु आर्थिक वर्षमा २० विद्यालयलाई कम्प्युटर ल्याब निर्माणका लागि अनुदान रकम प्रदान गरेको छ ।
-
बलात्कारमा संलग्न बालकलाई ६ वर्ष कैद सजाय
खोटाङ, बैसाख ७– जिल्ला अदालत खोटाङले बालिका बलात्कारमा संलग्न बालकलाई ६ वर्ष कैद सजाय सुनाएको छ ।
-
राजस्थानमाथि चेन्नईको सानदार जित
काठमाडौं, वैशाख ८ – इण्डियन्स प्रिमियर लिग आइपिएल क्रिकेटमा गएराती भएको खेलमा चेन्नई सुपर किंग्स विजयी भएको छ । पुणेमा भएको खेलमा चेन्नईले राजस्थान रोयल्सलाई ६४ रनको फराकिलो अन्तरले हरायो ।
- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रातभर खुल्ला रहने
- बिरामीले नबुझ्ने गरी औषधिको सिफारिस लेखे डाक्टरलार्इ कारवाही हुने
- दलितलाई नै चल्दैन दलितले छाेएकाे पानी
- प्रदेश २ मा अन्तर्राष्ट्रिय क्रिकेट मैदान बन्छ : मुख्यमन्त्री राउत
- चितवन राष्ट्रिय निकुञ्जले किन बंगुर र माछा खान रोक्यो ?
- २० विद्यालयले पाए कम्प्युटर ल्याब निर्माणका लागि अनुदान रकम
- माइभ्याली गोल्डकप : बंगलादेशको कावरानलाई हराउँदै एपीएफ क्वार्टरफाइनलमा
- बलात्कारमा संलग्न बालकलाई ६ वर्ष कैद सजाय
- १८ औं एशियाली खेलकुदका लागि नेपाली प्याराग्लाइडिङ टोली छनोट
प्रतिक्रिया दिनुहोस