MENU

समाज

न्यायपूर्ण समाजको पहिलो खुड्किलो राजनीति : प्रवक्ता मोहना अन्सारी

श्यामशितल परियार/उज्यालो ।   

लमजुङ, पुस १६– न्यायपूर्ण समाज निर्माणको पहिलो खुड्किलो मुलुकको राजनीति रहेको राष्ट्रिय मानव अधिकार आयोगकी प्रवक्ता मोहना अन्सारीले बताउनुभएको छ ।    

राज्यद्धारा बेपत्ता पारिएका तेजबहादुर भण्डारी स्मरण तथा तेजबहादुर भण्डारी स्मृति खोज पत्रकारिता पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै अन्सारीले यस्तो बताउनुभएको हो । 

कार्यक्रममा बोल्दै उहाँले हरेक कुराको अन्त्य हने बताउँदै मुलुकमा द्वन्द्पीडितको अन्त्य देख्न नपाएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘मानव अधिकारमैत्री समाज निर्माणको पहिलो खुड्किलो राजनीति हो, यसलाई संस्थागत गर्ने देशको कानुन हो, हरेक कुराको अन्त्य हुन्छ तर मैले मुलुकमा द्वन्द्पीडितका अन्त्य भएको देख्न पाईन ।’  

हिजो द्वन्द्को चपेटामा परेकाले द्वन्द्को घाउ बिर्साउनका लागि राज्य स्वयम संरक्षण बन्नुपर्ने उहाँले बताउनुभयो । ‘आयोग १७ वर्षमा पाईला टेक्दै गर्दा आफ्नो काममा आयोग दक्षताको खानी भईसकेको छ, दक्षतालाई आफैँमा प्रयोग गर्नु आयोगको पहिलो दायित्व पनि हो,’ उहाँले भन्नुभयो ।

कानुनी रुपमा न्याय खोज्नु राजनीतिक रुपमा आममाफी दिनु होईन भन्दै उहाँले सत्य निरुपण तथा मेलमिलाप आयोगले प्राविधिक रुपमा कानुन प्राप्त गरी काम गर्न सकेको भए कोही निराशा बन्नुपर्ने स्थिती सिर्जना नहुने उल्लेख गर्नुभयो ।

यसका साथै उहाँले साँढे ३ वर्षमा मानव अधिकार आयोगले द्वन्द् पीडित, नेपाल सरकार  र अन्तर्राष्ट्रिय जगतमा आफ्नो ठोस उपस्थिती जनाएको बताउनुभयो । ‘नेपालमा सशक्त मानव अधिकार आयोग रहेको धेरैलाई महसुस भएको छ । केही तत्वलाई भने आफ्नो दोकान बन्द हुने चिन्ता रहेको छ,’ उहाँले भन्नुभयो ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया