MENU

समाज

ujyaalo forign call inside

संखुवासभाका मतपत्र काठमाडौंमा

संखुवासभा, पुस १६ – मंसीर ११ गते भएको पहिलो चरणको प्रतिनिधिसभा तर्फको चुनावमा मतगणना एक पक्षिय ढंगबाट गरेको उजुरी सर्वोच्च अदालतमा परेपछि संखुवासभाबाट मतपत्र निर्वाचन आयोगमा लगिएको छ ।

नेपाली कांग्रेसका प्रतिनिधिसभा उम्मेदवार दीपक खड्काले मतगणना एकपक्षिय भएको भन्दै उजुरी गर्नुभएको थियो । सर्वोच्च अदालतको आदेशअनुसार आइतबार मतपत्र लगायत सम्पुर्ण निर्वाचन सामाग्री सेनाको हेलिकप्टरबाट निर्वाचन आयोग काठमाडौं लगिएको प्रमुख जिल्ला अधिकारी शीवराज जोशीले जानकारी दिनुभयो । प्रतिनिधिसभाका उम्मेदवार खड्काले पुस ३ गते सर्वोच्च अदालतमा पुन मतगणना माग गदै उजुरी गर्नुभएको थियो।

अदालतको आदेशअनुसार पुस १४ गते जिल्ला निर्वाचन कार्यालय संखुवासभालाई मुचुल्का सहितको मतपत्र पठाउन निर्वाचन आयोगले पत्राचार गरेको थियो । संखुवासभाका क्रियाशिल राजनीतिक दलका प्रतिनिधिको रोहवरमा नेपाली सेनाको हेलिकप्टरबाट मतपत्र लगायतका सामाग्री काठमाडौं पुर्याईएको छ ।

संखुवासभामा प्रतिनिधिसभा तर्फ ६९ हजार २ सय ४६ मत खसेकोमा ३ हजार २ सय ५६ मत बदर भएको थियो । यहाँबाट नेकपा एमालेका उम्मेदवार राजेन्द्र गौतमले खड्कालाई १ हजार १ सय ३० मतअन्तरले हराउनुभएको थियो ।  

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया