MENU

बातावरण-कृषि

इलाममा अलैचीको मूल्य वृद्धिसँगै किसान उत्साहित

इलाम , पुस १६ –इलाममा अलैचीको मूल्यमा वृद्धि भएसँगै किसान उत्साहित भएका छन् ।

जिल्लाका र जिल्ला बाहिरका विभिन्न बजारहरुमा उच्च गुणस्तरको अलैंची प्रतिमन ३७ हजार रुपैयाँसम्ममा कारोवार हुन थालेको अलैंची व्यवसायी संघ इलामका अध्यक्ष विजय खाकीले बताउनुभयो ।

उहाँले भन्नुभयो प्रतिमन अलैंचीको मूल्यमा १२ हजार रुपैयाँले वृद्धि भएको छ । साता दिनपछि अलैंचीको मूल्यमा सुधार आएको अलैंची व्यवसायी संघ इलामको भनाई छ ।

विगतका वर्षमा प्रतिमन एक लाख रुपैयाँसम्ममा बिक्री भएको अलैंचीको मूल्य घटेर यो वर्षको सुरुवातमा २५ हजारमा झरेको थियो । मूल्यमा आएको सुधारले केही आशा पलाएको इलाम नगरपालिका–१, का कृषक रत्नदेवी सुनुवारले बताउनुभयो ।

अन्तराष्ट्रिय बजारमा अन्य मुलुकमा उत्पादित अलैची सकिएकाले नेपालको उत्पादनले केही मूल्य पाउन थालेको अलैची व्यापारीहरु बताउँछन् । जिल्ला कृषि विकास कार्यालय इलामका अनुसार इलाममा अलैची एक हजार ६ सय हेक्टरमा खेती हुँदै आएको छ । यो क्रम बढ्दो अवस्थामा रहेको जिल्ला कृषि विकास कार्यालय इलामका वरिष्ठ कृषि विकास अधिकृत रामसोगारथा साहले बताउनुभयो ।

 

 

 

 

 

 

 

 

 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया