MENU

समाज

Ncell Axiata
NIC Asia

पत्रपत्रिकामा यौनवर्धक सामाग्री भन्दै प्रचार गर्ने गिरोह पक्राउ

काडमाडौं, पुस १६– पत्रपत्रिकामा प्रकाशन हुने बर्गिकृत डिस्प्लेमा  ‘यौन शक्ति, सुपर यौन , यौन सन्तुष्टीलगायतका विज्ञापनबाट ग्राहकहरुलाई ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

पत्रिकामा विज्ञापन गर्ने र काठमाडौंका विभिन्न ठाउँमा कम्पनी नै दर्ता गरेर पसल सञ्चालन गरी ग्राहकलाई ठगी गर्ने गिरोहलाई उपभोक्ता संरक्षण मञ्च काठमाडौंको विशेष सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जिल्ला गोरखा सहिद लखन गाउँपालिका वडा नम्बर–९, घर भई हाल काठमाडौं महानगरपालिका वडा नम्बर–११, गंगवु बस्ने सुदिल ढकाल, भारत हरियाण घर भएका काठमाडौं महानगरपालिका वडा नम्बर–८, भोटेवहाल बस्ने २८ वर्षका विकाश गोयल, भोजपुर नगरपालिका वडा नम्बर–१, घर भएका काठमाडौं महानगरपालिका वडा नम्बर–३५, मा हर्वल शप नेपाल फर्म सञ्चालन गरी बस्ने  ३८ वर्षका  सुर्यबहादुर रायमाझी, गोरखाका रत्न घिमिरे, भारत उत्तरखण्डका ३१ वर्षका मेजर सिंह, लमजुङका ५२ वर्षका बाबुराम ढकाल, पाँचथरका वसन्ता सम्वाहाम्फे, काभ्रेका विपिन वोलाखे, ताप्लेजुङका ३५ वर्षका यमनाथ पौडेल, काभ्रेपलाञ्चोकका ४८ वर्षका पवनकुमार भारती, काभ्रेपलाञ्चोककै २१ वर्षका रविन खड्का, रामेछापका २० वर्षका सुप्रभा केसी रहेको प्रहरीले जनाएको छ ।

उनीहरुबाट प्रहरीले नगद र यौन शक्ति वर्धक भनिने सामाग्रीहरु पनि बरामद गरेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया