MENU

समाज

Ncell Axiata
NIC Asia

पर्यटक आकर्षित गर्न पर्यटन बोर्डले ‘एक्सपेरियन्स नेपाल’ नामक विश्वव्यापी अभियान गर्ने

काठमाडौं, पुस १६ – पर्यटक आकर्षित गर्न नेपाल पर्यटन बोर्डले सन् २०१८ मा ‘एक्सपेरियन्स नेपाल’ नामक विश्वव्यापी अभियान गर्ने भएको छ ।

पर्यटन बोर्डको १९ औं बार्षिकोत्सवको अवसरमा भएको कार्यक्रममा बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपाली खानालाई ध्यान दिएर सन् २०१८ मा विश्वभर प्रवद्धनात्मक कार्यक्रम गर्ने जानकारी दिनुभयो । 

उहाँले अहिले नेपालीले कला संस्कृती र प्राकृतिक दृष्यावलोकनलाई मात्रै जोड दिएको तर नेपालको खाना पनि पर्यटन प्रवद्धन गर्ने महत्वपूर्ण आधार रहेकाले सन् २०१८ मा नेपाली खानाको प्रचार विश्वभर गरिने जानकारी दिनुभयो ।

विश्वका धेरै देशको खानाले पर्यटक आकर्षित गरेको भन्दै पर्यटन बोर्डले सन् २०१८ मा विश्वका अधिकांश देशमा नेपाली खानाको स्वाद पु¥याइने दावी गर्नुभयो । नेपाल पर्यटन बोर्डले सन् २०१७ नेपाली पर्यटनको लागि सुखद रहेको पनि दावी गरेको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया