MENU

समाज

ujyaalo forign call inside

रसुवा खुला दिसामुक्त घोषणा

रसुवा, पुष १६ – रसुवामा शतप्रतिशत शौचालय निर्माण भएर प्रयोगमा आएपछि आइतबार रसुवालाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको छ । 

रसुवामा रहेका ११ हजार चार सय ३६ घरमा सामूहिक तथा निजी शौचालय निर्माण भएपछि जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले खुला दिसामूक्त जिल्ला घोषणा गरेको हो । 

रसुवा देशको ४५ औँ खुला दिसामूक्त जिल्ला बनेको छ । रसुवाको व्यापारीक क्षेत्रमा पनि सार्वजनिक शौचालय समेत निर्माण गरिएको छ । 

रसुवाको सदरमुकाम धुन्चे, कालिकास्थान लगायतका क्षेत्रमा सार्वजनिक शौचालय निर्माण गरिएको समितिले जनाएको छ । जिल्लाको अन्य क्षेत्रमा पनि आवश्यकता अनुसार सार्वजनिक शौचालय निर्माण गर्ने तयारी गरिएको छ । 
जिल्लामा करिब साढे २ वर्षमा नै ७८ प्रतिशत घरमा शौचालय निर्माण भएर प्रयोगमा आउनु खुशीको कुरा रहेको समितिका अध्यक्ष कुलप्रसाद भट्टले बताउनुभयो । 

तत्कालिन समयमा १८ ओटा गाविस रहेको जिल्लामा पहिलो चरणमा चार ओटा गाविस खुला दिसामुक्त घोषणा गरिएको थियो भने पाँच वटा गाविस खुला दिसामुक्त घोषणाको अन्तिम चरणमा पुगेका थिए । 

समितिका सम्पर्क व्यक्ति लिलानाथ नेपालका अनुसार २०७१ चैत मसान्तसम्ममा बृद्धिम, टिमुरे, धुन्चे र यार्सा खुला दिसामुक्त घोषणा गरिएको थियो । 

गोल्जुङ, धैवुङ, लहरेपौवा, डाँडागाउँ र ठूलोगाउँ गरी ५ वटा साविकका गाविसहरु खुल्ला दिसामुक्त घोषणाको अन्तिम चरणमा पुगेका बेलामा भूकम्पले क्षति पुर्याएपछि घोषणा भएको थिएन ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया