MENU

राजनीति

Ncell Axiata
NIC Asia

अनुशासनसहितको मेलमिलाप आवश्यक : प्रधानमन्त्री देउवा

काठमाडौं पुस १६ – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा अनुशासन सहितको मेलमिलाप आवश्यक भएको बताउनुभएको छ । 

राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा नेपाल विद्यार्थी संघले आज आयोजना गरेको विचार गोष्ठीमा उहाँले पार्टीमा बढेको अनुशासनहीनताले निर्वाचन परिणाम अपेक्षा गरेअनुसार नआएको बताउनुभयो । 

प्रधानमन्त्री देउवाले स्थानीय तहको चुनावमा अन्तर्घात गर्नेलाई कारबाही नभएका कारण प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा अन्तर्घात झन् बढेको बताउँदै ‘आफ्नै पार्टीमा मेलमिलाप गर्न नसक्नेले कसरी मुुलुकमा राष्ट्रिय मेलमिलाप गर्न सक्छ,’ भन्नुभयो । 

चुनावमा प्रत्यक्षतर्फ पार्टी हार्नुका कारण पत्ता लगाउन उच्चस्तरीय जाँचबुझ समिति बनाउने अवगत गराउँदै उहाँले भन्नुभयो, ‘अब निष्पक्ष छानबिन हुन्छ, अन्तर्घात गर्नेलाई कडा कारबाही गरिन्छ ।’ 

प्रधानमन्त्री देउवाले समानुपातिकतर्फको मतपरिणाम हेर्दा काँग्रेस नहारेको उल्लेख गर्दै दुई कम्युनिष्ट पार्टी एक भएर लडेको प्रतिकूल अवस्थामा पनि काँग्रेस दोस्रो भएको धारणा व्यक्त गर्नुभयो । – रासस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया