MENU

अन्तर्राष्ट्रिय

ujyaalo forign call inside

हिंसा बढ्दै गएपछि ​इरानले इन्ट्राग्राम र म्यासेन्जर बन्द गर्यो

पुस १६–इरानमा तेस्रो दिन पनि बिरोध र हिंसा नरोकिएपछि इन्ट्राग्राम र म्यासेन्जर एप्स बन्द गरेको  छ ।

इरानमा सन् २००९ पछिकै सबैभन्दा ठूलो विरोध भड्किएपछि अधिकारीले समाजीक  सञ्जाल बन्द गराएका छन् । आइतबारदेखि इरानमा नागरिक स्वतस्फूर्त रुपमा सडकमा आएर सरकारको विरोध गरिरहेका छन् ।

इरानको पश्चिमी शहर डोरुडमा प्रदर्शनकारीमाथि गोली प्रहारपछि २ जनाको ज्यान गएको थियो । गोलीकाण्ड र सामाजीक सञ्जालमा झडपका फोटो तथा भिडियो सार्वजनीकसँगै हिंसाको रुप लिने भन्दै अधिकारीले सामाजीक सञ्जाल बन्द गराएको जनाएका छन् ।

देशमा महँगी र भष्ट्राचार बढेको भन्दै इरानका नागरिकले तीन दिनदेखि स्वतस्फूर्त रुपमा सरकार विरुद्व प्रदर्शन गर्दै आइरहेका छन् ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया