MENU

खेल

Ncell Axiata
NIC Asia

बार्सिलोनाको जर्सीमा लिभरपुलका कोन्टिन्होको नाम

पुस १७ – बार्सिलोनाका लागि आवश्यक जर्सी, बुटसहितका सामग्री उत्पादन गर्दै आएको नाइकले लिभरपुलका प्लेमेकर फिलिप कोन्टिन्होको नाम प्रयोग गरेर बार्सिलोनाको जर्सीको विज्ञापन गरेको छ ।

नाइकले आफ्नो वेबसाइटमा लिभरपुल स्टार कोन्टिन्होको नाम रहेको जर्सीको विज्ञापन गरेको हो । बार्सिलोनाले गएको समर विण्डोमा कोन्टिन्होलाई क्लब भित्र्याउन तीनपटकसम्म प्रयास गरेको थियो । तर त्यसमा सफल भने भएन ।

अब जनवरी विण्डोमा कोन्टिन्हो बार्सिलोना आउन सक्ने सम्भावना रहेको खबर छ । तर उनी अहिले पनि लिभरपुलमै छन् र क्लबका प्लेमेकर हुन् । नाइकले बार्सिलोना नआएका कोन्टिन्होको नामसहितको जर्सीको विज्ञापन वेबसाइटमा गरेको हो ।

अहिले त्यो विज्ञापन हटाइएको छ । नाइकले आफ्नो वेबसाइटमा लेखेको थियो ‘फिलिप कोन्टिन्हो इज रेडी टु लाइट अप क्याम्प नाउ.’ २५ वर्षे बाज्रिलियन कोन्टिन्होलाई नाइकले प्रायोजन गरेको छ र उनले त्यसै जर्सी, जुत्ता तथा अरु स्पोर्टवेयर लगाउने गरेका छन् ।

सन् २०१७ को सुरुमा लिभरपुलसँग पाँच वर्षको सम्झौता गरेका कोन्टिन्होले लिभरपुलका पछिल्ला सात खेलमा ६ गोल गरेका छन् । लिभरपुलले कोन्टिन्होका लागि बार्सिलोनाले गरेको ७२ मिलियन, ९० मिलियन र ११४ मिलियन पाउण्डको प्रस्ताव गएको समरमा अस्वीकार गरेको थियो ।  

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया