MENU

समाज

ujyaalo forign call inside

टरिगाउँमा नियमित हवाई सेवाका लागि इन्धन डिपो बनाउने निर्णय

दाङ, पुस १७ – तुलसीपुर उपमहानगरपालिकाले दाङको टरिगाउँ विमानस्थल सञ्चालन गर्न तत्कालका लागि नेपालगञ्जबाट इन्धन ल्याउने निर्णय गरेको छ । 

प्रदेश नं ५ को राजधानीको रुपमा चर्चामा रहेको दाङमा अहिलेसम्म पनि नियमित हवाई सेवा नभएको महसुस गरी नियमित हवाई सेवा सञ्चालन गर्न इन्धन ल्याउने निर्णय गरिएको तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले जानकारी दिनुभयो ।

इन्धन डिपो सञ्चालनका लागि उपमहानगरको कार्यपालिका बैठकले ९ सदस्यिय उपसमिति बनाएको छ । समितिलाई दुई हप्ता भित्र प्रतिवेदन पेश गर्ने समय दिइएको छ ।

यसैगरी टरिगाउँ विमानस्थलको धावनमार्ग साँघुरो भएकाले ठूला जहाजको उडान भर्नका लागि विस्तारको विकल्पको खोजी गर्ने निर्णय गरेको पनि प्रवक्ता श्याम डाँगीले जानकारी दिनुभयो । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया