MENU

समाज

ढाका टोपीमा चिटिक्क युवती, गमक्क युवा (फोटो फिचर)

काठमाडौं, पुस १७ – सोमबार काठमाडौंसहित देशका अरु शहरमा युवतीहरुसमेत चिटिक्क ढाका टोपी लगाएर हिँडेका छन् । पाँचौँ नेपाली टोपी दिवस मनाउने क्रममा युवतीहरुसमेत ढाका टोपी लगाएर निस्केका हुन् ।

काठमाडौंको माइतीघरमा सोमबार बिहानै जागरुक युवा अभियान नेपालले गरेको कार्यक्रममा युवा, युवती र बालबालिका टोपी लगाएर उपस्थित भएका थिए । 

नेपाली टोपीको संरक्षणमा जोड दिनुपर्ने उनीहरुको सन्देश छ । टोपीको संरक्षण र पहिचानलाई जोड दिँदै माईतीघर मण्डलादेखि शान्तिबाटिकासम्म र्‍याली गर्ने कार्यक्रम छ । नेपाली टोपीको प्रवर्द्धन गर्नका लागि अंग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउन थालिएको हो । 

जंगबहादुर राणाकी बहिनी डम्बरकुरमारीले आफ्ना दाजुलाई खुशी पार्न पहिलोपटक टोपी बनाएर उपहार दिएको संस्कृतविदहरुको भनाई छ ।

नेपाल बाहिर रहेका नेपाली र नेपाली भाषीहरुले पनि नेपाली टोपी लगाउने गर्छन् । विशेषतः भाद्गाउँले टोपी र ढाकाटोपीलाई नेपाली टोपीका रुपमा लिने गरिन्छ । तर नेपालका विभिन्न समुदायले पनि आ–आफ्नो पहिचान र परम्परा झल्किने खालका टोपी लगाउने गरेका छन् । 

- तस्बिर : अर्जुन पोख्रेल

 

ढाका टोपीमा चिटिक्क युवती, गमक्क युवा (फोटो फिचर)

ढाका टोपीमा चिटिक्क युवती, गमक्क युवा (फोटो फिचर)

ढाका टोपीमा चिटिक्क युवती, गमक्क युवा (फोटो फिचर)

ढाका टोपीमा चिटिक्क युवती, गमक्क युवा (फोटो फिचर)

ढाका टोपीमा चिटिक्क युवती, गमक्क युवा (फोटो फिचर)

ढाका टोपीमा चिटिक्क युवती, गमक्क युवा (फोटो फिचर)

ढाका टोपीमा चिटिक्क युवती, गमक्क युवा (फोटो फिचर)

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया