MENU

समाज

ujyaalo forign call inside

सोनमा गाउँपालिकाले बनायो आफ्नै शिक्षा नियमावली

महोत्तरी, पुस १७ – महोत्तरीको सोनमा गाउँपालिकाले आफ्नै शिक्षा नियमावली बनाएर शिक्षा क्षेत्रमा उजागार गर्ने भएको छ । गाउँपालिका कार्यालयका अध्यक्ष राजकुमार यादवको नेतृत्वमा एक समिति गठन गरेर गाउँपालिकाभरि शिक्षा क्षेत्रमा रहँदै आएको वेथिति अन्त्य गर्ने निर्णय गरेको छ ।

यो समितिले अगामी दिनमा विद्यालयहरुको नियमित रुपमा अनुगमन गरी उत्कृष्ट हुनेलाई पुरस्कार र अटेरी गर्नेलाई कानुन अनुसार कारवाही गरिने गाउँपालिका वडा नं. १ का वडाअध्यक्ष अशोक यादवले जानकारी दिनुभयो । 

अब सामुदायिक विद्यालयका शिक्षकले चौमासिक तलब लिने समयमा अनिवार्य रुपमा आवश्यक कागजात पेश गर्नुपर्ने, समाजिक परीक्षण समितिको संयोजक तोक्ने, एक समुदायिक विद्यालयमा एक बाल विकासकेन्द्र अनिवार्य रुपमा रहने व्यवस्था गरेको यो नियमावलीमा उल्लेख गरेको यादवले जानकारी दिनुभयो । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया