MENU

अन्तर्राष्ट्रिय

परमाणु परीक्षणको स्वीच मेरो डेस्कमा छ : किम जोङ–उन

पुस १७ – उत्तर कोरियाका नेता किम जोङ–उनले परमाणु परीक्षणको स्वीच आफ्नो डेस्कमा रहेको बताएका छन् । नेता किमले परमाणु परीक्षणको स्वीच जहिले पनि आफ्नो नियन्त्रणमा रहने भएकाले अमेरिकाले युद्धको सुरुवात गर्न नसक्ने बताए ।

नयाँ वर्षको अवसरमा टेलिभिजन मार्फत प्रशारण गरिएको सन्देशमा पूरै अमेरिका आफ्नो देशको परमाणु आक्रमणको दायरामा रहेको नेता किमले दाबी गरेका छन् । अमेरिका आफ्नो परमाणु आक्रमणको दायरामा रहेको कुरा चेतावनी नभई वास्तविकता रहेको पनि नेता किमले बताएका छन् ।

अमेरिकालाई चेतावनी दिएका नेता किमले दक्षिण कोरियासँग वार्ताका लागि आफू तयार रहेको बताएका छन् । उत्तर कोरियाले विन्टर ओलम्पिकमा आफ्नो टिम पठाउने सम्भावना पनि रहेको किमले जानकारी दिएका छन् । विन्टर ओलम्पिक सिओलमा हुँदैछ । परमाणु कार्यक्रमका कारण संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथिको प्रतिबन्ध थप कडा पारेको छ । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया