MENU

समाज

Ncell Axiata
NIC Asia

​विदेश पठाईदिन्छु भन्दै ४२ जनाबाट ७० लाख लिएर भागे जीराधन

सागरबिक्रम बस्नेत/रामेछाप ।

पुस १७ – भोजपुरका जीराधन राईले विदेश पठाइदिन्छु भन्दै ४२ जनाबाट लाखौं रुपैयाँ लिएर भागेका छन् । भोजपुर ट्याम्केमैयुँ गाउँपालिका वडा नम्बर २ का राईले विभिन्न जिल्लाका ४२ जनाबाट ७० लाख रुपैयाँ लिएर भागेका हुन् । उनले ४२ जनासँग प्रतिव्यक्ति एकलाख देखि तीन लाख रुपैयाँसम्म पैसा लिएको पीडितले बताएका छन् ।  

राईले भोजपुर, खोटाङ, झापा, मोरङ, सुनसरी लगायत जिल्लाका ४२ जनालाई रोजगारीका लागि इजरायल, पोल्याण्ड, दक्षिण कोरिया लगायतका देशहरु भन्दै पैसा लिएका थिए । ४२ जना मध्ये केहीले उनको धरानमा रहेको घरमा गएर रकम बुझाएका थिए । कतिपयले आइएमई र बैंकमा पैसा जम्मा गरेका थिए ।  

ठगिनेहरुमा ८ जना महिला र ३४ जना पुरुष छन् । मोरङ उर्लाबारीका रविन राईका अनुसार पैसा ठगेर फरार भएका जीराधन राईलाई खोज्ने क्रममै ४२ जना ठगिएको फेला परेको हो । सम्पर्कविहिन  भएका राईले प्रयोग गर्दै आएको ९८४२०९५८२७ नम्बरको मोबाइलमा अहिले फोन लाग्दैन ।

जीराधन राई कुनै म्यानपावरमा काम गर्थे कि गर्दैनथे भन्ने पनि ठगिमा परेकाहरुलाई थाहा छैन । अहिले उनीहरु जीराधन राईलाई खोजिरहेका छन् । खोज्ने क्रममा उनको धरानमा पनि घर रहेको थाहा पाएका थिए । ‘धरानको घर खोज्दै साथीहरु जानुभएको रहेछ तर त्यो घर अहिले जीराधनको नाममा रैनछ भन्ने थाहा भएछ’ खोटाङका भोला राईले भन्नुभयो । 

उनीहरुले विभिन्न जिल्लामा रहेका सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रमा निवेदन दिएका छन् । उनीहरुको निवेदन रामेछापमा रहेको सुरक्षित आप्रवासन परियोजना(सामी) अन्र्तगतको सुचना तथा परामर्स केन्द्र, मन्थलीमा पनि आएको र राईको खोजीका लागि प्रयास भइरहेको सूचना केन्द्रकी परामर्शकर्ता सिर्जना बस्नेतले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया