MENU

समाज

ujyaalo forign call inside

लैंगिक आधारमा हुने हिंसा विरुद्ध बोल्दै महिला

सिरहा, पुस १७ – सिरहाको दक्षिणी क्षेत्रका महिला लैंगिक आधारमा हुने हिंसाको विरोधमा बोल्न थालेका छन् । भारतसँग सीमा जोडिएका क्षेत्र महिला पछिल्लो समय संगठित बनेर हिंसा विरुद्ध बोल्न र आफ्नो अधिकार खोज्न सक्ने भएका हुन् ।

साबिकको मौवाही, सीतापुर र मझौरा गाविसका महिला गाविसस्तरीय महला सञ्जाल बनाएर आफ्नो अधिकारका लागि बोल्न थालेका हुन् । अहिले यो क्षेत्रका महिला जिल्लामा पनि प्रतिनिधित्व गरेका छन् । पहिले गाविसस्तरीय सञ्जालमा बस्न पनि अप्ठ्यारो मान्नुभएकी मौवाहीकी सुलोचना साह अहिले जिल्ला मञ्चमा समेत बस्नु भएको छ ।

यस्तै मझौरा महिला अधिकार मञ्चकी अध्यक्ष ललितादेवी साफी पनि अहिले जिल्ला महिला अधिकार मञ्चमा निर्वाचित हुनुभएको छ । साथी संस्था र दलित जनकल्याण युवा क्लबको आस्था परियोजनाले गाउँका महिलालाई हिंसा विरुद्ध संगठित हुन तथा आफ्नो अधिकारका लागि बोल्न हौसला दिएपछि आफूहरुमा आत्मविश्वास बढेको स्थानीय महिला अगुवाले बताएका छन् ।

क्रमिक रुपमा मासिक बैठक, अभिमूखिकरण र सामुदायिक अभियान संचालन गरेपछि आफूहरुले महिला अधिकारका बारेमा बुझ्ने अवसर पाएको उनीहरुको भनाई छ ।

आफूहरुको क्षमता विकास हुँदै गएपछि अहिले महिला बजेटको खोजीनीति, विद्यालयमा आएको छात्रवृति र स्वास्थ्य केन्द्रमा आएको निःशुल्क औषधि बारे जानकारी लिन लागेको उनीहरुले बताएका छन् । यस्तै महिला भएकै आधारमा हुने हिंसा विरुद्ध पनि आफूहरु बोल्न सक्ने भएको उनीहरुको भनाई छ । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया