MENU

राजनीति

ujyaalo forign call inside

​धनकुटालाई राजधानी बनाउन माग गर्दै काठमाडौंमा प्रदर्शन

काठमाडौं, पुस १७ – प्रदेश नम्बर १ को राजधानी धनकुटालाई बनाउन माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ ।

आइतबार माइतीघर मण्डलामा प्रदर्शन गरेका धनकुटेलीले सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बाहिर धर्ना र प्रदर्शन गरेका हुन् । पूर्वाधार, सामर्थ्य, सुरक्षा, सुन्दरता, भौगोलिक अवस्था लगायत सवै सूचकबाट धनकुटालाई १ नम्बर प्रदेशको राजधानी बनाउनु उपयुक्त हुने भएकाले प्रादेसिक राजधानी निर्माण अभियान समितिको आयोजनामा प्रदर्शन गरिएको नेपाली कांग्रेस धनकुटाका सचिव विजयसन्तोषी राईले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रदेशसभाका सांसद इन्द्रमणी पराजुली, नेपाली कांग्रेसका धनकुटका सभापति अग्नीप्रसाद पौडेल, नेकपा एमालेका नेता धर्मराज पौडेल, अभियानका संयोजक उमेश घिमिरेलगायतले धनकुटालाई राजधानी घोषणा गर्न माग गर्नुभयो ।

अभियानले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी ७ लाख भन्दा बढीको हस्ताक्षर र ज्ञापनपत्र भोली बुझाउने कार्यक्रमको रहेको पनि नेता राईले जानकारी दिनुभयो । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया