MENU

राजनीति

ujyaalo forign call inside

बालबच्चा विद्यालय नपठाउने अभिभावक गाउँपालिकाको सेवाबाट बञ्चित

खोटाङ, पुस १७ –खोटाङको दिप्रुङ गाउँपालिकाले बालबालिकालाई विद्यालय नपठाउने अभिभावकलाई सेवा सुविधाबाट बञ्चित गराउने भएको छ ।

उमेर पुगे पनि विद्यालय बाहिर रहेका बालबालिकालाई अनिवार्य विद्यालयमा ल्याउने वातावरण निर्माणका लागि गाउँपालिकाले विद्यालय नपठाउने अभिभावकलाई सेवासुविधाबाट बञ्चित गर्ने शिक्षा नियमावली जारी गरेको हो ।

बालबच्चालाई विद्यालय नपठाउने अभिभावकलाई नागरिकता र राहदानी सिफारिसदेखि विकास निर्माणसम्वन्धी सेवा लिनबाट समेत बञ्चित गराइने गाउँपालिका प्रमुख भूपेन्द्र राईले बताउनुभयो ।

स्थानीय तह कार्यान्वयनसँगै गाउँकार्यपालिकाले मंसिर २२ गते पारित परेको तथा गाउँसभाले पुस ६ गते पास गरेको शिक्षा नियमावलीमा नयाँ विद्यालय खोल्नेदेखि विद्यालय गाभिने, प्रअ, शिक्षक, कर्मचारी नियुक्ती, पाठ्याक्रम निर्माण र परिक्षा सञ्चालनसम्मका आफ्नै नियम समावेश गरेर नियमावली जारी गरेको हो ।

दिप्रुङ गाउँपालिकाको शिक्षा नियमावली खोटाङका दुई नगरपालिका र आठ गाउँपालिकामध्यकै पहिलो नियमावली हो ।  

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया