MENU

समाज

ujyaalo forign call inside

​सार्वजनिक सवारी साधनमा सादा पोशाकमा प्रहरी

काठमाडौं, पुस १७ –यौनजन्य हिंसा निरुत्साहित गर्न काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक गाडीमा सोमबारदेखि सादा पोशाकमा प्रहरी परिचालन गरिएको छ । 

सेफ्टी पिन क्याम्पेन अन्र्तगत स्टिङ अपरेसनको रुपमा २० वटा टोलीमा सादा पोशाक प्रहरी सार्वजनिक गाडीमा परिचालन गरिएको महानगरीय प्रहरी कार्यालय रानिपोखरीमा रहेको महिला सेल शाखाले जनाएको छ । 

भक्तपुर, ललितपुर र काठमाडौँमा चल्ने गाडीमा बिहान ९ देखि १२ बजेसम्म र दिउँसो ३ देखि ६ वजेसम्म प्रहरी परिचालन गरिएको महिला सेलकी प्रहरी नायव निरीक्षक सुष्मा कठायतले जानकारी दिनुभयो । 

यसका साथै महिला तथा बालबालिकामाथि यौनजन्य हिंसा भएको देखेमा प्रहरीको हटलाइन नम्बर १०० र ९८५१२८९१११ मा जानकारी गराइदिन समेत महिला सेलले अनुरोध गरेको छ । प्रहरीले विगतमा पनि सेफ्टी पिन क्याम्पेन सञ्चालन गरेको थियो । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया