MENU

अर्थ

Ncell Axiata
NIC Asia

अंग्रेजी नयाँ वर्षमा शेयर बजारले दियो लगानीकर्तालाई खुसी

काठमाडौं, पुस १७ – लगातार निरास हुँदै आएका लगानीकर्तालाई शेयर बजारले अंग्रेजी नयाँ वर्षको दिन खुसीयाली दिएको छ । लगातार घटिरहेको शेयर बजार परिसुचक सोमबार एकै दिन ४४ दशमलव २२ अंकले बढेर १४ सय ३४ दशमलव ८० मा पुगेको छ । कारोवार भएका मध्ये सबैजसो कम्पनीको शेयरको भाउ बढेकाले शेयर बजार बढेको हो ।

सोमबार राष्ट्रिय विमा संस्थानका साधारण र प्रवद्र्धक दुवै शेयरधनीले सबैभन्दा धेरै साढे ८ प्रतिशत कमाएका छन् । बजार बढे पनि पूर्वेली विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै ३ प्रतिशत गुमाएका छन् । शतप्रतिशत बोनसपछि आइतबार मात्र मूल्य  समायोजन भएको स्टान्डर्ड चार्टर बैंकको शेयर ७ प्रतिशत बढेर सबैभन्दा धेरै किनबेच भएको छ । उसको २ करोड ८८ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो । 

वचत तथा मुद्दतीमा १२ प्रतिशत भन्दा बढी ब्याज नदिने बैंकहरुबीचको सहमति, शेयर धितो राखेर दिने ऋणको सीमा बढाउने बारेमा लगानीकर्ता र बैंकहरुबीच भएको सकरात्मक छलफलले शेयर बजार सकरात्मक बनेको हो । यस्तै नेपाल राष्ट्र बैंकले तरलता अभाव कम गर्न बैंक तथा वित्तीय संस्थालाई २ अर्व रुपैयाँ दिने निर्णय गरेकाले पनि लगानीकर्ता सकरात्मक बनेका हुन् । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया