समाज
धुर्मुस सुन्तलीद्धारा सर्लाहीमा चिसो प्रभावितलाई कम्बल वितरण
- Monday, Jan 01, 2018
- 16:02 PM ( 4 months ago )
- Total Views: 1.3 K
सर्लाही, पुुस १७– धुर्मुस–सुन्तली फाउण्डेसनले सोमबार सर्लाहीको विभिन्न स्थानमा चिसो प्रभावित परिवारलाई कम्बल वितरण गरेको छ ।
एनआरएनए आरसी चाइनाको सहयोगमा फाउण्डेसनले लालबन्दी नगरपालिका र बागमती नगरपालिकाको विभिन्न वडामा चिसोबाट प्रभावित मुसहर, विपन्न र दलित परिवारलाई प्रति परिवार दुई थानका दरले कम्बल वितरण गरेको हो । यस्तै फाउण्डेसनले सर्लाहीको घुर्कौलीमा रहेको द्वन्द्व पीडित बालगृह र हरिवनमा रहेको सर्भिस फरपिस नेपाल सुखेपोखरीद्वारा सञ्चालित बालगृहमा पनि कम्बल वितरण गरेको छ ।
कलाकार एवं सामाजिक अभियन्ता द्धोय सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ आफै उपस्थित भई चिसो प्रभावितलाई कम्बल वितरण गर्नु भएको हो । लालबन्दी नगरपालिका–५, रञ्जितपुरमा मुसहरहरुलाई कम्बल वितरण गर्दै समाजिक अभियन्ता धुर्मुसले समस्यामा परेका विपन्न परिवारलाई यसरी सहयोग गर्न पाउँदा खुशी लागेको बताउनुभयो ।
फाउण्डेसनले सर्लाहीमा चिसोबाट प्रभावित भैरहेका करिब साढे ४ सय परिवारलाई कम्बल वितरण गर्ने योजना बनाएको छ ।
सम्बन्धित सामग्रीहरु
-
सेवाग्राहीसँग घुस लिँदै गरेका अधिकृत अख्तियारको फन्दामा
बाँके,वैैशाख ११ – अख्तियार दुरुपयोग अनुसन्धान आयोग शाखा कार्यालय कोहलपुरले सेवाग्राहीसँग घुस लिँदै गरेका नेपालगञ्जबाट फार्मेसी अधिकृतलाई रंगेहात पक्राउ गरेको छ ।
-
गुण्डा नाइके रिगललाई सर्वस्वसहित जन्मकैद
बाँके, वैशाख ११ – नेपालगञ्जमा गुण्डा नाइकेको रुपमा परिचित रिगल ढकाल भनिने योग ढकाललाई कर्तव्य ज्यान मुद्दामा बाँके जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको छ ।
-
घर फर्कन खोज्दा कम्पनीले नदिएपछि मलेसियामा बिरामी परेका प्रदिप समस्यामा
वैशाख ११ – चार महिना अघिमात्रै मलेसिया आएका एक नेपाली समस्या परेका छन् । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका १ का प्रदिप बिकलाई बिरामी पर्दा कम्पनीले उपचार नगर्ने र घर फर्किन खोज्दा पनि नदिने गरिपछि उहाँ समस्यामा पर्नुभएको हो ।
-
चिनीमा युरिया मिसाइएको ग्राहकको गुनासो, प्रशासनले थाल्यो छानबिन
खोटाङ, वैशाख ११ – जिल्ला प्रशासन कार्यालय खोटाङले चिनीमा रासायनिक मल युरिया मिसावट भएको भन्दै सिलबन्दी गरिएको पसलबाट चिनीको नमुना संकलन गरेको छ ।
-
३३ किलो सुन तस्करी प्रकरण, २३ जनामाथि अनुसन्धान हुँदै
मोरङ, वैशाख ११ – सनम शाक्य हत्या काण्डको बिषयमा अहिले सबैको चासो गइरहेका बेला मोरङ प्रहरीले आज एकै दिन २३ जनालाई जिल्ला अदालत मोरङमा म्यादथप गरेको छ ।
-
सेवाग्राहीसँग घुस लिँदै गरेका अधिकृत अख्तियारको फन्दामा
बाँके,वैैशाख ११ – अख्तियार दुरुपयोग अनुसन्धान आयोग शाखा कार्यालय कोहलपुरले सेवाग्राहीसँग घुस लिँदै गरेका नेपालगञ्जबाट फार्मेसी अधिकृतलाई रंगेहात पक्राउ गरेको छ ।
- कर्णालीका सांसदले भने : नीति तथा कार्यक्रम स्वागतयोग्य छ, कार्यान्वयनमा जोड दिउँ
- एकताबाट कोही भाग्नु हुँदैन : रक्षामन्त्री पोखरेल
- गुण्डा नाइके रिगललाई सर्वस्वसहित जन्मकैद
- विश्वकपमा यस्तो जर्सी लगाएर उत्रिँदैछन नेपाली बालबालिका
- हैदराबाद हारको ह्याट्रिकबाट जोगिन्छ कि मुम्बईले दोस्रो जित हात पार्नेछ ?
- विकासमा एकजुट हुनुको विकल्प छैन : प्रदेश प्रमुख कोइराला
- घर फर्कन खोज्दा कम्पनीले नदिएपछि मलेसियामा बिरामी परेका प्रदिप समस्यामा
- आईजी साब आक्रमणकारी कहाँ छन्, तत्काल पक्राउ गर्नुस् – सचिव श्रेष्ठ
- चिनीमा युरिया मिसाइएको ग्राहकको गुनासो, प्रशासनले थाल्यो छानबिन
प्रतिक्रिया दिनुहोस