समाज
अवधी भाषामा पाठ्यक्रम निर्माणको तयारी सुरु
- Monday, Jan 01, 2018
- 16:26 PM ( 4 months ago )
- Total Views: 887
बाँके, पुस १७ –पश्चिम तराईका जिल्लामा अवधी भाषामा पाठ्यक्रम निर्माणको तयारी सुरु भएको छ । अवधी भाषाका पाठ्यक्रम सामग्री निर्माणका विषयमा नेपालगञ्जमा अवधी क्षेत्रको नक्साङ्कन गरिएको छ । विश्व शिक्षाको सहकार्यमा बाँके युनेस्को क्लबले आयोजना गरेको कार्यशालामा अवधी भाषाविज्ञ, शिक्षक, साहित्यकार तथा अगुवाहरुको सहभागितामा अवधी भाषाको नक्साङ्कन गरिएको हो ।
नेपालमा अवधी भाषा बोल्ने र बस्ने स्थानका विषयमा छलफल गरी विभिन्न ११ चरण पूरा गरी नक्साङ्कन गरिएको क्लबका अध्यक्ष परबेज अली सिद्दिकीले बताउनुभयो । पश्चिम नेपाल नवलपरासीदेखि कञ्चनपुर जिल्लासम्म अवधी भाषीको भौगोलिक क्षेत्र रहेको छ । बाँके जिल्लालाई केन्द्र मानी अवधी भाषामा बालबालिकाहरुका लागि पाठयक्रम तयार पारिनेछ ।
नक्साङ्कनपछि अब विद्युतीय सफ्टवेयरमा पाठयक्रम निमार्णको कार्य सुरु हुने सिद्दिकीले बताउनुभयो । पाठयक्रम तयार भएपछि कक्षा १, २ र ३ का विद्यार्थीहरुलाई आफ्नै मातृ भाषामा पढ्न, लेख्न र सिक्न सहजता हुनेछ । कार्यक्रममा बाँकेका सहायक जिल्ला शिक्षा अधिकारी गोरखबहादुर थापाले मातृ भाषाको पाठ्यक्रमले अवधी भाषी बालबालिकालाई बढी उपयोगी हुने बताउदै यसले उनीहरुको सुरुवाति सिक्ने आधार बलियो हुने बताउनुभयो ।
सम्बन्धित सामग्रीहरु
-
सेवाग्राहीसँग घुस लिँदै गरेका अधिकृत अख्तियारको फन्दामा
बाँके,वैैशाख ११ – अख्तियार दुरुपयोग अनुसन्धान आयोग शाखा कार्यालय कोहलपुरले सेवाग्राहीसँग घुस लिँदै गरेका नेपालगञ्जबाट फार्मेसी अधिकृतलाई रंगेहात पक्राउ गरेको छ ।
-
गुण्डा नाइके रिगललाई सर्वस्वसहित जन्मकैद
बाँके, वैशाख ११ – नेपालगञ्जमा गुण्डा नाइकेको रुपमा परिचित रिगल ढकाल भनिने योग ढकाललाई कर्तव्य ज्यान मुद्दामा बाँके जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको छ ।
-
घर फर्कन खोज्दा कम्पनीले नदिएपछि मलेसियामा बिरामी परेका प्रदिप समस्यामा
वैशाख ११ – चार महिना अघिमात्रै मलेसिया आएका एक नेपाली समस्या परेका छन् । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका १ का प्रदिप बिकलाई बिरामी पर्दा कम्पनीले उपचार नगर्ने र घर फर्किन खोज्दा पनि नदिने गरिपछि उहाँ समस्यामा पर्नुभएको हो ।
-
चिनीमा युरिया मिसाइएको ग्राहकको गुनासो, प्रशासनले थाल्यो छानबिन
खोटाङ, वैशाख ११ – जिल्ला प्रशासन कार्यालय खोटाङले चिनीमा रासायनिक मल युरिया मिसावट भएको भन्दै सिलबन्दी गरिएको पसलबाट चिनीको नमुना संकलन गरेको छ ।
-
३३ किलो सुन तस्करी प्रकरण, २३ जनामाथि अनुसन्धान हुँदै
मोरङ, वैशाख ११ – सनम शाक्य हत्या काण्डको बिषयमा अहिले सबैको चासो गइरहेका बेला मोरङ प्रहरीले आज एकै दिन २३ जनालाई जिल्ला अदालत मोरङमा म्यादथप गरेको छ ।
-
सेवाग्राहीसँग घुस लिँदै गरेका अधिकृत अख्तियारको फन्दामा
बाँके,वैैशाख ११ – अख्तियार दुरुपयोग अनुसन्धान आयोग शाखा कार्यालय कोहलपुरले सेवाग्राहीसँग घुस लिँदै गरेका नेपालगञ्जबाट फार्मेसी अधिकृतलाई रंगेहात पक्राउ गरेको छ ।
- कर्णालीका सांसदले भने : नीति तथा कार्यक्रम स्वागतयोग्य छ, कार्यान्वयनमा जोड दिउँ
- एकताबाट कोही भाग्नु हुँदैन : रक्षामन्त्री पोखरेल
- गुण्डा नाइके रिगललाई सर्वस्वसहित जन्मकैद
- विश्वकपमा यस्तो जर्सी लगाएर उत्रिँदैछन नेपाली बालबालिका
- हैदराबाद हारको ह्याट्रिकबाट जोगिन्छ कि मुम्बईले दोस्रो जित हात पार्नेछ ?
- विकासमा एकजुट हुनुको विकल्प छैन : प्रदेश प्रमुख कोइराला
- घर फर्कन खोज्दा कम्पनीले नदिएपछि मलेसियामा बिरामी परेका प्रदिप समस्यामा
- आईजी साब आक्रमणकारी कहाँ छन्, तत्काल पक्राउ गर्नुस् – सचिव श्रेष्ठ
- चिनीमा युरिया मिसाइएको ग्राहकको गुनासो, प्रशासनले थाल्यो छानबिन
प्रतिक्रिया दिनुहोस