MENU

समाज

Ncell Axiata
NIC Asia

काबेली बी ‘वान’ जलविद्युत आयोजनाको काम अन्तिम चरणमा

उपेन्द्र येक्तेन/उज्यालो । 

पाँचथर, पुष १७ –कावेली बी ‘वान’ जलविद्युत आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

२०७२ असोजदेखि निर्माणको चरणमा प्रवेश गरेको आयोजनाको हालसम्म ९५ प्रतिशतभन्दा बढी काम सम्पन्न भएको आयोजनाले जनाएको छ । आयोजनाको संरचना निर्माण कार्य सम्पन्न भएको र अब पेनस्टक पाइपको ५ किलो मिटरमध्ये ५ सय मिटर जोड्न बाँकी रहेको आयोजनाको स्थानीय व्यवस्थापक डिल्ली सुवेदीले बताउनुभयो । आउँदो वैशाख महिनाभित्र उद्घाटन गर्ने लक्ष्यका साथ काम भइरहेको सुवेदीले बताउनुभयो ।

सम्झौता अनुसार २०७४ वैशाख १० गते भित्रमा आयोजनाको काम सम्पन्न गर्नुपर्ने भए पनि भूकम्प, अघोषित भारतीय नाकाबन्दी, निर्माण कार्यलाइ प्रभावित पार्ने गरी काबेलीमा आएको बाढीलगायतका कारणले समयमै काम सम्पन्न गर्न नसकिएको आयोजनाका इलेक्ट्रिकल इन्जिनियर शिव महर्जनले बताउनुभयो । पाँचथरको साविक थर्पु, नागी र अमरपुर, ताप्लेजुङको थुम्बेदिन, चाक्सिबोटे, साब्लाखु र सिनाम गाविसलाई प्रभाव क्षेत्र बनाएर निर्माण भइरहेको छ । आयोजनाको ब्यारेजमा छ वटा ब्यारेज ढोका र चार इन्टेक ढोका रहनेछन् ।

अरुण काबेली पावर लिमिटेडले निर्माण गरिरहेको आयोजनाको लागत चार अर्ब रहेको छ । आयोजनामा नेपाल इन्भेष्टमेन्ट बैंकको नेतृत्वमा पाँच वटा बैंकहरुले ७० प्रतिशत लगानी गरेका छन् । आयोजना सम्पन्न भएपछि २५ मेगावाट विद्युत उत्पादन हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया